पृथ्वी राजमार्गको नौबिसे–मलेखु खण्डमा तीन ठाउँमा कटान

चितवन : रसुवा बाढीले सडकको फेदमा कटान गरेपछि पृथ्वी राजमार्गको नौबिसे–मलेखु सडक खण्डमा तीन ठाउँमा सडक भाँसिएको छ ।

मुग्लिनबाट २३ किलोमिटर काठमाडौँतर्फ पर्ने कृष्णभीरमा त्यसबाट सबैभन्दा बढी क्षति पुगेको छ । नागढुङ्गा–मुग्लिन सडक आयोजना पश्चिम खण्डका सूचना अधिकारी इञ्जिनियर शचेन्द्र मिश्रका अनुसार कृष्णभीरमा झण्डै २०० मिटर सडक भासिएको छ । सडकको भित्तोको डाँडासमेत चिरिएको छ ।

मलेखुबाट तीन किलोमिटर मुग्लिनतर्फ पर्ने सीतल बजारमा पनि सडक ५० मिटर हाराहारी भासिएको छ । मलेखु पुलबाट एक किलोमिटर काठमाडौँतर्फ परेवाभीरमा पनि १०० मिटर सडकको छेउ भासिएको छ ।

यस खण्डका प्रमुख डिभिजनल इञ्जिनियर सजना अधिकारी अहिले त्रिशूली नदीले कृष्णभीर लगायतका ठाउँमा कटान जारी नै रहेको बताउनुहुन्छ । गेग्रानसहितको बाढीले कृष्णभीरमा नदी किनारमा लगाइएको रिटेनिङ वाल नै बगाएको छ । अहिले पानीको बहावले हानी रहेको छ । नदीको सतह घट्ने र बढ्ने भइरहेको भन्दै उहाँले सडकको फेदमा कटान गरिरहेको बताउनुभयो । चट्टान भएको ठाउँमा क्षति पुर्याउन नसकेकाता कमजोर ठाउँमा नदीले कटान गरिरहेको इञ्जिनियर अधिकारी बताउनुहुन्छ ।

यस वर्ष त्रिशूलीले धार परिवर्तन गरेर वल्लो छेउको सडकको भित्तोमा केन्द्रित भएको छ । त्यसबाट सडक मुनिको भागमा क्षति पुगेको आयोजनाका इञ्जिनियर मिश्रले बताउनुभयो । उहाँले भन्नुभयो, “ठूलो बाढीले धार परिवर्तन गरेर दुवैतर्फ क्षति बनाएको छ ।” कृष्णभीर तत्काल मर्मत सम्भार गर्ने अवस्था छैन । सितल बजारमा भित्तो काटेर सडक सञ्चालन गर्ने तयारी छ ।”

आयोजनाको पूर्वी खण्डका इञ्जिनियर राजिव मानन्धर परेवाभीरमा सडकको नदी पट्टीको भाग भासिएको बताउनुहुन्छ । १०० मिटर हाराहारी सडक भासिएर कालोपत्रेसम्म झरेको छ । त्यस ठाउँमा थप क्षति र जोखिम हुने भन्दै अत्यावश्यक बाहेकका सवारी रोकिएको छ ।

तलबाट काम गर्न सक्ने अवस्था नभएकाले भित्तो केही काटेर तल सम्याएर साँझसम्ममा सडक सञ्चालन गर्ने तयारी गरिएको छ । सो ठाउँमा भित्तोपट्टी रहेका बिजुलीका पोल सार्ने तयारी गरिएको छ ।

त्यस खण्डको दुई ठाउँ मर्मत गर्न सकिने भए पनि कृष्णभीर तत्काल सञ्चालन गर्न नसकिने भ पछि गोरखा तर्फबाट वैकल्पिक सडक सञ्चालनका लागि अध्ययन थालिएको छ । त्यता तर्फका सडक मध्ये उपयुक्त सडकलाई तत्काल मर्मत सम्भार गरी वैकल्पिक सडक बनाउन लागिएको हो । राजधानीको लाइफलाईनको रुपमा रहेको त्यस सडक हुँदै दैनिक करिब १४ हजार हाराहारी सवारी सञ्चालन हुँदै आएको थियो । रासस

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker