कोभिडशिल्ड भ्याक्सिन

जिल्ला स्वास्थ्य कार्यालय तनहुँमा सोमबार कोरोना विरुद्धको कोभिडशिल्ड भ्याक्सिन लगाइदिदै स्वास्थ्यकर्मी । तनहुँमा २१३ महिला र ५३३ जना पुरुष गरी ७४६ जनालाई सोमबार कोरोना विरुद्धको खोप लगाइएको छ । हालसम्म दोश्रो प्राथमिकतामा परेका तनहुँका ९२६ जनालाई कोरोना विरुद्धको खोप लगाइएको स्वास्थ्य प्रमुख शंकरबाबु अधिकारीले जानकारी गराएका छन् । तस्विर : नारायण खड्का/भञ्ज्याङ










