स्कूल बस र मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु

भञ्ज्याङ न्यूज

तनहुँको व्यास नगरपालिका-११ शेरामा स्कुल बस र मोटरसाइकल ठक्कर खाँदा शनिबार एक जनाको मृत्यु भएको छ ।

व्यास-११ मै रहेको माया युनिभर्स एकेडेमी स्कुलको बस र मोटरसाइकल ठोक्किँदा मोटरसाइकलमा सवार सोही वडाको बेल्टारी बस्ने २३ वर्षीय विक्रम सुनार रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

दुर्घटनामा मोटरसाइकल चालक २२ वर्षीय सुजन सुनार घाइते भएका छन् । घाइतेको दमौलीमा उपचार भइरहेको छ ।

घाँसीकुवाबाट फराकचौरतर्फ जाँदै गरेको ग१क २६८३ नम्बरको बस र विपरीत दिशाबाट आउँदै गरेको ग१५प ६५०४ नम्बरको मोटरसाइकल एकापसमा ठोक्किएको बताइएको छ ।

साघुरो सडकमा तीब्र गतिमा गुडेको मोटर साइकल सिधै बसमा आई ठोकिदा दुर्घटना हुन गएको बताइएको छ ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker