तनहुँको मिर्लुङमा सिद्धबाबा कप फुटबल प्रतियोगिता, विजेतालाई एक लाख रुपैयाँ

भानु : तनहुँको भानु नगरपालिका–१३ मिर्लुङको प्याङ्स्वाँरामा १४औँ सिद्धबाबा कप–२०८३ खुला फुटबल प्रतियोगिता आयोजना गरिएको छ । सिद्धबाबा युवा क्लबले ठूलोढुंगा खेल मैदानमा आगामी कात्तिक ७ गतेदेखि ७ ‘ए’ साइड प्रतियोगिता सञ्चालन गर्न लागेको हो ।
प्रतियोगितामा सहभागी हुन इच्छुक टोलीले कात्तिक ६ गतेसम्म टिम दर्ता गराउन सक्ने आयोजकले जनाएको छ । प्रतियोगितामा प्रत्येक टोलीबाट ७ जना खेलाडी र ३ जना अतिरिक्त खेलाडीसहित १० जना सहभागी हुन पाउनेछन् । टिम दर्ता शुल्क ६ हजार रुपैयाँ र थप १ हजार रुपैयाँ धरौटी तोकिएको छ ।
प्रतियोगिताको विजेता टोलीले नगद एक लाख रुपैयाँसहित कप, मेडल र प्रमाणपत्र तथा उपविजेता टोलीले नगद ५० हजार रुपैयाँसहित कप, मेडल र प्रमाणपत्र पुरस्कार प्राप्त गर्ने आयोजकले जनाएको छ ।
त्यसैगरी प्रतियोगितामा उत्कृष्ट खेलाडी, सर्वाधिक गोलकर्ता तथा उत्कृष्ट गोलरक्षकलाई ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिने आयोजकले जनाएको छ ।
श्री शान्ति युवा क्लब सह–आयोजक रहेको प्रतियोगिता कात्तिक ७ गते दिउँसो १ बजेबाट सुरु हुने आयोजकले जनाएको छ ।
प्रतियोगितामा सहभागी हुन तथा थप जानकारी लिन अध्यक्ष खेम गुरुङलाई ९८४१०२९८०८ र संयोजक सुरज गुरुङलाई ९८२८७२३२४६ वा ९७४४४५७०५२ मा सम्पर्क गर्न सकिने बताइएको छ ।
स्थानीय क्षेत्रमा फुटबल खेलको विकास, खेलाडीको प्रतिभा पहिचान र खेलकुदमार्फत युवालाई सक्रिय बनाउने उद्देश्यले प्रतियोगिता आयोजना गर्न लागिएको हो ।










