नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता : तनहुँमा भएको महिला बास्केटबलको उद्घाटन खेलमा आर्मी विजयी

भञ्ज्याङ न्यूज

नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता २०७९ अन्तर्गत तनहुँको दमौलीमा भएको महिला बास्केटबल प्रतियोगिताको उद्घाटन खेलमा नेपाल आर्मीको टिम विजयी भएको छ । मधेश प्रदेश र नेपाल आर्मी बीच भएको उद्घाटन खेलमा ७१-१३ ले आर्मी विजयी भएको हो ।

प्रतियोगिताको पहिलो क्वाटरमा आर्मीले २२-०, दोश्रो क्वाटरमा आर्मीले २२-६, तेश्रो क्वाटरमा आर्मीले १४-४ र चौथो क्वाटरमा आर्मीले १३-३ अंकले मधेश प्रदेशलाई पराजित गरेको नेपाल बास्केटबल संघका केन्द्रीय सचिव फणिन्द्रमान श्रेष्ठले बताए । उनका अनुसार प्रतियोगितामा नेपाल आर्मीकी जर्सी नं. ३ की रोशनी श्रेष्ठले सबै भन्दा बढी अंक २१ जोड्न सफल भएकी थिइन ।

नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गतका ३६ खेलमध्ये महिला वास्केटबल प्रतियोगिता तनहुँमा गरिएको हो ।

प्रतियोगितका लागि फुलकोर्ट (पाँच खेलाडी) र थ्री वाइ थ्री (तीन खेलाडी)का लागि छुट्टाछुट्टै समूह विभाजन गरिएको छ । पाँच खेलाडी खेल्नेतर्फ समूह ‘ए’मा नेपाल आर्मी, सुदूरपश्चिम प्रदेश र मधेस प्रदेश रहेका छन् भने समूह ‘बी’मा बागमती प्रदेश, गण्डकी प्रदेश र प्रदेश नं १ रहेको बताइएको छ ।

तीन खेलाडी खेल्नेतर्फ समूह ‘ए’ मा मधेस प्रदेश, बागमती प्रदेश, लुम्बिनी प्रदेश र नेपाल आर्मी छन् भने समूह ‘बी’ मा प्रदेश नं १, सशस्त्र प्रहरी, गण्डकी प्रदेश र सुदूरपश्चिम प्रदेश छन् ।

आगामि कात्तिक ३ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा शनिबारबाट दैनिक छ वटा खेल सञ्चालन गर्ने तयारी गरिएको छ । फुलकोटतर्फदैनिक दुइ र थ्री वाई थ्रीतर्फ दैनिक चार खेल सञ्चालन गरिने भएको छ । प्रतियोगिताका लागि खेलाडी, अफिसियलसहित १५६ जना सहभागी भएका छन् ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker