राष्ट्रिय एकता दिवसमा ऋषिङ गाउँपालिकाको आयोजनामा ‘चौथो ऋषिङ अल्ट्रा म्याराथन’ हुने

दमौली : राष्ट्रिय एकता दिवसका अवसरमा ऋषिङ गाउँपालिकाको आयोजनामा ‘चौथो ऋषिङ अल्ट्रा म्याराथन’ हुने भएको छ । खेलकुदको माध्यमबाट पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले गाउँपालिकाले म्याराथन आयोजना गर्न लागेको हो ।

पुस २७ गते ४३ किलोमिटर म्याराथन हुने गाउँपालिकाका प्रवक्ता विजय दरैले जानकारी दिनुभयो । म्याराथनको तयारी थालिएको उहाँले बताउनुभयो ।

धारुङ भञ्ज्याङबाट सुरु हुने दौड रानीपोखरी– गाउँपालिकाको कार्यालय–अर्खलाछाप–काफलडाँडा–पुरानो ऋषिङ–पोखरीभञ्ज्याङ–गोठादी–ढुङ्गाडे–चालिसे–भिरकोट–अर्चल्दी–मौरीबास–दाङसिरी–दुवुङकोटमा टुङ्गिनेछ ।

प्रतियोगितामा प्रथम हुनेलाई रु ६५ हजार, द्वितीय हुनेलाई रु ४० हजार तृतीय हुनेलाई रु २५ हजार र एक जनालाई सान्त्वना पुरस्कार रु दश हजार प्रदान गरिनेछ ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker