बन्दीपुरमा अन्तर विद्यालय स्तरीय छैठौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु

बन्दीपुर : तनहुँको बन्दीपुर गाउँपालिकामा अन्तर विद्यालय स्तरीय छैठौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ । गाउँपालिका वडा नम्बर ४ स्थित टुँडिखेलमा सुरु भएको प्रतियोगितामा गाउँपालिकाभित्रका नौवटा माध्यमिक विद्यालयहरूले सहभागिता जनाएका छन्।

प्रतियोगिताको बन्दीपुर गाउँपालिका अध्यक्ष सुरेन्द्र बहादुर थापाले उद्घाटन गरेका छन्। तीन दिनसम्म सञ्चालन हुने प्रतियोगितामा भलिबल, एथलेटिक्स लगायतका विभिन्न विधाहरूमा विद्यार्थीहरूबिच प्रतिस्पर्धा हुनेछ ।

प्रतियोगितामा विजेतालाई १५ हजार रुपियाँको साथमा रनिङ शिल्ड, ट्रफि, मेडल र प्रमाणपत्रद्वारा पुरस्कृत गरिने गाउँपालिका शिक्षा युवा तथा खेलकुद शाखाका प्रमुख भीम लामिछानेले जानकारी दिए। प्रतियोगितामा दोस्रो र तेस्रो हुने विद्यालयलाई क्रमशः १० हजार र ५ हजार रुपियाँको साथमा ट्रफि, मेडल र प्रमाणपत्रद्वारा पुरस्कृत गरिनेछ ।

प्रतियोगितामा कार्यक्रमका प्रमुख अतिथि बन्दीपुर गाउँपालिकाका अध्यक्ष सुरेन्द्र बहादुर थापाले राष्ट्रपति रनिङ शिल्ड जस्ता खेलकुद कार्यक्रमले खेल क्षेत्रको विकासमा टेवा मिलेको बताए ।

यस्ता खेलहरू वर्षमा एकपटक मात्रै नभई हरेक महिना अथवा शुक्रबार शनिबार स्कुलले खेलाउन सके ‌ विद्यार्थीमा भएको खेल प्रतिभालाई उजागर गराउन सहयोग पुग्ने विश्वास व्यक्त गरे ।

प्रतियोगिताहरूले खेलाडीहरूको प्रतिभा पहिचान गरी क्षेत्रीय र राष्ट्रिय स्तरमा पुर्‍याउन सहयोग पुगेको उहाँको अध्यक्ष थापाको भनाइ छ ।

तिन दिनसम्म सञ्चालन हुने प्रतियोगिताबाट विद्यालयस्तरमा खेलाडी उत्पादन र खेल प्रतिभाको विकासमा टेवा पुग्ने आशा व्यक्त गरेका छन् । ‌

आज उद्घाटनको दिन छात्रहरूको पहिलो चरणको भलिबल खेल‌, छात्रातर्फ १०० मिटर, २०० मिटर र ४०० मिटरको दौड यसैगरी ४८१०० मिटरको रिले दौड सर्टपुट र ज्याबलिङ थ्रु सम्पन्न भएको छ।

छात्रहरूको भलिबल खेलमा भानु माध्यमिक विद्यालय र शिव माध्यमिक विद्यालय बीचको खेलमा भानु माध्यमिक विद्यालय लिखेल जितेको छ। यस्तै विष्णु मावि र अरुण माविबीच खेल हुँदा अरुण माविले खेल जितेको छ। ‌

मनास्लु बोर्डिङ स्कुल र नोट्रेडेमका बीचखेल हुँदा नोट्रेडेमले जितेको छ। यसैगरी कालिका माध्यमिक विद्यालय र पवित्रा माध्यमिक विद्यालयबीच खेल हुँदा कालिका माध्यमिक विद्यालयले खेल जितेको छ। ‌

यसैगरी छात्रातर्फको १०० मिटरको दौडमा मनास्लु बोर्डिङ स्कुल प्रथम शिव माध्यमिक विद्यालय तृतीय र भानु माध्यमिक विद्यालय तृतीय भएको छ।

२०० मिटरतर्फको दौडमा पवित्रा माध्यमिक विद्यालय प्रथम शिव माध्यमिक विद्यालय द्वितीय र भानु माध्यमिक विद्यालय द्वितीय हुन सफल भएको छ।

४०० मिटरको दौडमा भानु माध्यमिक विद्यालय प्रथम शिव माध्यमिक विद्यालय द्वितीय र अरुण माध्यमिक विद्यालय तृतीय हुन सफल भएको छ।

यसैगरी ४८१०० मिटरको रिलेमा शिव माध्यमिक विद्यालय प्रथम मनास्लु इङ्लिस बोर्डिङ स्कुल तृतीय र विष्णु मावि तेस्रो भएको छ ।

सर्टपुट तर्फ मनास्लु इङ्लिस बोर्डिङ स्कुल प्रथम पवित्र माध्यमिक विद्यालय द्वितीय र शिव माध्यमिक विद्यालय तृतीय बनेको छ।

यस्तै जाबलिङ थ्रु तर्फ पवित्र माध्यमिक विद्यालय प्रथम भानु माध्यमिक विद्यालय द्वितीय र शिव माध्यमिक विद्यालय तृतीय बनेको छ।

आजसम्मको खेलमा पवित्रा माविले दुई स्वर्ण, मनास्लुले दुई स्वर्ण भानुले एक स्वर्ण शिवले एक स्वर्ण सहित पवित्राले एक रजत मनासुले एक रजत भानुले एक रजत शिव माविले ३ रजत सहित शिव माविले दुई कास्य, भानु माविले दुई काश्य र विष्णु र अरुण माविको एकएक कास्य बनाउन सफल भएका छन् ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker