तनहुँ प्रहरीद्वारा “सेप्टिपिन क्याम्पियन” सुरु

  • भञ्ज्याङ समाचारदाता (दमौली)

जिल्ला प्रहरी कार्यालय तनहुँले बिहीबारदेखि सेप्टिपिन क्याम्पियन सुरु गरेको छ । सार्वजनिक स्थानमा हुने यौनजन्य दुरव्यवहार विरूद्व विषेश अभियान ‘सेफ्टीपिन क्याम्पियन’ सुरु गरिएको हो ।

उक्त क्याम्यिन शुभारम्भ गर्दै जिल्ला समन्वय समितिकी उपप्रमुख पवित्रा पौडेलले सार्वजनिक स्थलमा हुने यौनजन्य दुर्व्यवहारलाई न्युनीकरण गर्न नेपाल प्रहरीको यस कदम सकारात्मक रहेको बताइन् । उनले भनिन्, ‘प्रहरीले गरेको यस प्रयासलाई सबैले साथ दिई हिंसामुक्त तनहुँ बनाउनुपर्छ ।’ यस्तै, समन्वय समितिले पनि जिल्ला भरका सार्वजनिक स्थालमा भए गरेका गतिविधिलाई समन्वय गरेर दुर्व्यवहारको अन्त्य गर्ने प्रतिवद्वता उनले जनाइन् ।

समुदायसंग साझेदारी कार्यक्रम अन्तरगत सार्वजनिक स्थलमा महिलामाथी हुने दुरव्यवहार न्यूनिकरणका लागि क्याम्पियन सुरु गरिएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी उपरीक्षक अरुण पौडेलले बताए । ‘सार्वजनिक स्थल जस्तै होटल, सार्वजनिक यातायातमा महिलामाथि हुने दुर्व्यवहार रोकथामका लागि हामी लागि परेका छौं’, उनले भने, ‘हामीले आवश्यक संख्यामा सादा पोषकमा प्रहरीहरु खटाइ निग्रानी राख्ने छौं । यदि कहि कतै महिलामाथि दुर्व्यवहार भएको भेटिएमा कानुन बमोजिम कारवाही गरिने छ ।’

सार्वजनिक स्थानमा भए गरेका यौनजन्य दुर्व्वहार अन्त्य गर्दै हिंसा पिडितलाई न्याय र साथमा नेपाल प्रहरी छ है भन्ने अनुभूति गराउनका लागि यस क्याम्पियन सुरु गरिएको तनहुँ प्रहरीले जनाएको छ । यस्तै, कार्यक्रममा उपस्थित यातायात, होटल व्यवसायी तथा सरोकारकाला निकायका प्रतिनिधिहरुले क्याम्पियनमा पूर्ण रुपमा साथ र सहयोग रहने प्रतिवद्धता जनाएका थिए ।

प्रहरी नायव उपरीक्षक युवराज तिमिल्सिनाले अब सादा पोशाकमा सार्वजनिक स्थान, यातायातका साधन, होटल, व्यवसाय तथा जोखिमपूर्ण स्थानमा आजबाटै सुरक्षाकर्मी परिचालन गरिने बताए ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker