तनहुँ फुटबल संघको अध्यक्षमा पालिखे चयन

भञ्ज्याङ समाचारदाता/दमौली

तनहुँ फुटबल संघ (एन्फा)को अध्यक्षमा सत्यभक्त पालिखे निर्वाचित भएका छन् । संघको सोमबार आँबुखैरेनीमा सम्पन्न साधारणसभा तथा अधिवेशनबाट पालिखे एन्फाको अध्यक्षमा निर्वाचित भएका हुन् ।

अधिवेशनले सर्वसम्मत नेतृत्व चयन गर्ने प्रयास भएपनि सहमति नभएपछि मतदान मतदान प्रक्रियाबाट पालिखे निर्वाचित भएका हुन् । निर्वाचनमा पालिखेले ६ र अध्यक्षका प्रत्यासी सोम थापाले ४ मत प्राप्त गरेका थिए । एन्फामा जिल्लाका १० क्लवको आबद्धता छ ।

यस्तै, अन्य पद सर्वसम्मत रुपमा चयन गरिएको छ । संघको उपाध्यक्षमा हरि तिमिल्सना, दिनेश केसी, भिजन श्रेष्ठ, महिला सदस्यमा सविता भट्टराइ, सदस्यहरुमा नलबहादुर दरै, विजय गुरुङ, चन्द्रबहादुर आले, सुरज थापा मगर, जयप्रकाश केसी, किशोर पन्थ, प्रमोद वाग्ले, इन्द्र गुरुङ, ज्योति श्रेष्ठ र कुमार श्रेष्ठ चयन भएका छन् ।

संघका अध्यक्ष रत्नकुमार श्रेष्ठको अध्यक्षतामा आयोजित कार्यक्रममा नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधि आनन्दराज त्रिपाठी, अखिल नेपाल फुटबल संघका केन्द्रीय सदस्य लालबहादुर ज्वारचन, व्यास नगरपालिकाका प्रवक्ता एवं संका वरिष्ठ उपाध्यक्ष मोहनकुमार श्रेष्ठ, नेपाली कांग्रेस भिमादका सभापति अरविन श्रेष्ठ, आँबुखैरेनी गाउँपालिका-४ का वडाध्यक्ष नेत्र गुरुङ, आँबुखैरेनी क्याम्पसका प्रमुख ऋषि केसी, भिमाद युवा क्लबका अध्यक्ष नवीन श्रेष्ठ लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

यस्तै, एन्फा तनहुँले अधिवेशनका अवसरमा जिल्लाका दुइ जना पत्रकारलाई सम्मान गरेको छ । खबरपुञ्ज डटकमका कार्यकारी सम्पादक एवं राष्ट्रिय समाचार समितिका तनहुँ प्रतिनिधि कृष्ण न्यौपाने र प्रादेशिक खबर दैनिकका सम्पादक मदन वाग्लेलाई सम्मान गरेको हो ।

सञ्चारमाध्यमको तर्फबाट खेल क्षेत्रको विकास र प्रबर्द्धनमा सहयोग पुर्‍याएको भन्दै पत्रकारद्वयलाई सम्मान गरिउको हो । एन्फाले साधारणसभा तथा अधिवेशनका अवसरमा सञ्चारकर्मीलाई सम्मानित गर्दै आएको छ ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker