तनहुँ सेवा समाज युएइद्वारा चेलीबेटीलाई दर

भञ्ज्याङ न्यूज

वैदेशिक रोजगारीको शिलसिलामा युएइमा रहेको चेलीबेटीहरुलाई हरितालिका (तीज) पर्वको अवसरमा तनहुँ सेवा समाज युएइले दर खुवाएको छ ।

कोरोनको कहरबाट उकुसमुकुस भएका र प्रवासमा कार्यरत चेलीबेटीहरुलाई माइती बिर्साउने गरी दर खुवाउनुका साथै विविध साँस्कृतिक कार्यक्रम प्रस्तुत गरी मनोरञ्जन प्रदान गरिएको समाज युएइका प्रवक्ता गणेश बस्नेतले जानकारी गराए ।

तनहुँ सेवा समाज युएइका अध्यक्ष सुदिप कार्कीको भापतित्वमा आयोजित कार्यक्रममा करिब १०५ जनाको सहभागिता रहेको थियो । समाजका संरक्षक दिपक खड्काले नेपाली नारीहरुको महान पर्व हरितालिका तीजको चर्चा गर्दै शुभकामना व्यक्त गरेका थिए ।

यस्तै कार्यक्रममा एनआरएनएका कार्यबहाक अध्यक्ष निरन्जन सिलवाल, गुल्मी सेवा समाज युएइका अध्यक्ष रुद्र थापा, लमजुङ सेवा समाज युएइका प्रमुख सल्लाहकार विष्णुलाल श्रेष्ठ, सल्लाहकार हिरालाल श्रेष्ठ, सांस्कृतिक बिभाग प्रमुख शिशिर थापा लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

उक्त कार्यक्रमका लागि तनहुँ सेवा समाज युएइका खेलकुद संयोजक राजु तिमल्सिना, संस्थाका वरिष्ठ महिला उपाध्यक्ष कल्पना लामिछाने रिमाल, शुभयात्रा ट्राभल्सका संचालक हिरालाल श्रेष्ठ, कोशेली ट्राभल्सका संचालक कृष्ण रायमाझी, जिबि होलिडेका संचालक ज्ञानेन्द्र कार्की, सस्थाका संरक्षक दिपक खड्का, सदस्य प्रकास थापा, युवा संयोजक अम्मरराज पन्थी लगायतले कार्यक्रमको लागि प्रायोजन गरेका थिए ।

कार्यक्रममा उत्कृस्ट नृत्व गर्ने ७ जना महिला दिदीबहिनी हरुलाई समाजले पुरस्कृत गरेको थियो ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker