जेसिआइ व्यास नगरमा पदाधिकारी र सदस्य मनोनित

भञ्ज्याङ समाचारदाता/दमौली

जेसिआइ व्यास नगरले बर्ष २०२४ को कार्य समितिलाई पूर्णता दिएको छ । संस्थाको २९औँ अधिवेशन एवं ३०औँ बार्षिक साधारण सभाबाट अध्यक्ष तथा उपाध्यक्ष पदको निर्वाचन सम्पन्न गरेको जेसिआइ व्यास नगरले अन्य पदाधिकारी तथा सदस्य मनोनीत गरी समितिलाई पूर्णता प्रदान गरेको हो । जेसिआइको अध्यक्ष र उपाध्यक्ष पद बाहेक अन्य पदमा अध्यक्षले मनोनीत गर्ने प्रावधान बमोजिम नव निर्वाचित अध्यक्ष नवीन पुरीले पदाधिकारी तथा सदस्य मनोनीत गरेका हुन् ।

समितिमा महासचिव, कोषाध्यक्ष, कानुनी सल्लाहकार र सचिव अधिवेशनकै सन्दर्भमा मनोनीत गरेको भए पनि अन्य सदस्यहरु तथा पदाधिकारी बुधबार मनोनित गरिएको अध्यक्ष पुरीले बताए । संस्थाका निवर्तमान अध्यक्ष राजु राना पदेन रहने व्यवस्था रहेको छ । समितिको कार्यकारी उपाध्यक्षमा पूर्ण शदासंकर र अनुप दाहाल, उपाध्यक्षमा राजेश क्षेत्री, दुत बहादुर थापा, केशरबहादुर बराली र पवन कार्की अधिवेशनबाटै निर्वाचित भएका छन् ।

मनोनीत हुनेमा समितिका कानुनी सल्लाहकार सुनिल श्रेष्ठ, महासचिवमा सनम अधिकारी, कोषाध्यक्ष सोम बहादुर नेपाली, सचिव रोविन श्रेष्ठ र सहकोषाध्यक्ष शंकर ज्ञावली छन् । त्यस्तै समितिमा शाखा सम्पादक विनोदकुमार गोशली, तालिम निर्देशक अरविन्द थापा, जनसम्पर्क अधिकृत सुरज गुप्ता, प्रकरण निर्देशक राजकुमार श्रेष्ठ, वृद्धि सभापति डिक्सन मल्ल, शाखा निर्देशक बसन्त पन्थी र योजना प्रमुखमा दिपेन्द्र सापकोटालाई मनोनीत गरिएको छ ।

मिडिया रिलेशन अफिसर अनिल श्रेष्ठ, इन्भाइरोमेन्ट कोर्डिनेटर गोपाल थापा, सदस्य समन्वय सभापति विजय सुनार, फेलोसिप प्रवर्द्धन अधिकारी रविन्द्र शाही, सुचना प्रविधि सभापति रविन्द्र खाति, कार्यक्रम समन्वय संयोजक प्रताप पण्डित, सचिवालय व्यवस्थापन संयोजक विरोध श्रेष्ठ, अवार्ड व्यवस्थापन संयोजक नेत्र सुनार, अनुगमन संयोजक रवि भुजेल, ल इन्फोर्समेन्ट संयोजक गोविन्द्र बराली, सहयोग व्यवस्थापन संयोजक शेर बहादुर बोटे र इन्टर क्लब समन्वय संयोजकमा प्रकाश थापा मनोनीत भएका छन् ।

अध्यक्ष सल्लाहकारमा सुमित ढुङ्गना मनोनित भएका छन् भने बोर्ड एडभाइजरमा अजर नागिला, युवराज भण्डारी चन्दन श्रेष्ठ र गणेश थापा मनोनीत भएको बताइएको छ ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker