सत्यवती माविको ४५औं वार्षिकोत्सव सम्पन्न

- भञ्ज्याङ समाचारदाता (दमौली)
तनहुँको दमौली स्थित सत्यवती माध्यमिक विद्यालयले ४५औं वार्षिकोत्सव मनाएको छ । कोरोना भाइरस संक्रमण जोखिम कायमै रहेको भन्दै विद्यालयले सिमित अतिथिहरुको उपस्थितिमा पुरस्कार तथा छात्रवृत्ति वितरण गरेको छ । कार्यक्रममा व्यास नगरपालिकाका प्रथम नगर प्रमुख ताराप्रसाद श्रेष्ठले विद्यालयले सामुदायिक विद्यालयका क्षेत्रमा उदाहरणीय कार्य गरेको चर्चा गरे । विद्यालयका पूर्व अध्यक्ष समेत रहेका उनले सत्यवतीबाट अरु विद्यालयले सिक्नुपर्ने बताए ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सूर्य अधिकारीको अध्यक्षतामा आयोजित कार्यक्रममा शिक्षक अभिभावक संघका अध्यक्ष रामचन्द्र सापकोटा, विद्यालय व्यवस्थापन समितिका सदस्य शुरेश वाग्ले, सन्तमान श्रेष्ठ, बिनु श्रेष्ठ, शिक्षक अभिभावक संघ सदस्य माधव अधिकारी, सल्लाहकार मंगलप्रसाद श्रेष्ठ, शिक्षक अभिभावक संघका पूर्व अध्यक्ष गोविन्द पन्थ, शिक्षक पुष्पकला भट्टराइ, विद्यार्थी गौरव सापकोटा लगायतले शुभकामना व्यक्त गरेका थिए ।
कार्यक्रममा प्रधानाध्यापक इन्द्रप्रसाद पौडेलले वार्षिक प्रतिवेदन पेश गरेका थिए । गत शैक्षिक सत्र २०७६ मा सेक्सन, कक्षा र तहगत रुपमा प्रथम, द्वितिय र तृतीय स्थान प्राप्त गर्ने विद्यार्थीहरुलाई पुरस्कार प्रदान गरिएको थियो । साथै विद्यालयमा सञ्चालनमा रहेका भुवन स्मृती छात्रवृत्ति कोषका संस्थापक सीता अधिकारी, राजकुमार श्रेष्ठ छात्रवृत्ति कोषका संस्थापक राजकुमार श्रेष्ठ, कुमारी गुरुङ्ग छात्रवृत्ति कोषका संस्थापक कुमारी गुरुङ्ग र मंगलप्रसाद श्रेष्ठले विद्यार्थीहरुलाई छात्रवृत्ति प्रदान गरेका थिए ।
कार्यक्रममा यस वर्ष विद्यालयमा अक्षयकोष स्थापना गर्ने व्यास-३ का राजकुमार श्रेष्ठ, व्यास-४ का सरस्वती गुरुङ्ग र व्यास-११ का झलकराज पौडेललाई कदरपत्रद्वारा सम्मान गरिएको विद्यालयका सहायक प्रधानाध्यापक अशोक गिरीले जानकारी गराएका छन् ।










