व्यास-१ मा सञ्चालित छात्रावासमा खाद्यन्न सहयोग
भञ्ज्याङ समाचारदाता (दमौली)

व्यास नगरपालिका-१ स्थित विज्ञानचौरको आदिकवि भानुभक्त क्याम्पसमा सञ्चालित शहिद चन्द्र नेपाली छात्रावासलाई खाद्यन्न सहयोग गरिएको छ । तनहुँको साविक रिस्ति गाविस बाहुनपोखराबाट व्यास नगरपालिकाका विभिन्न वडामा बसोबास गर्दै आएका तिमल्सेनाबन्धुहरुले छात्रावासलाई खाद्यन्न सहयोग गरेका हुन् ।
तिमल्सेनाबन्धुहरुले आदिकवि भानुभक्त क्याम्पसका अध्यक्ष ब्रम्हदत्त तिमल्सेना र छात्रावासकी प्रमुख कल्पना लम्साल मार्फत छात्रावासलाई चामल, दाल, तेल लगायतका खाद्यन्न सामाग्रीहरु हस्तान्तरण गरेका थिए । क्याम्पसले सञ्चालन गरेको उक्त छात्रासमा अहिले २६ जना छात्राहरु बस्दै आएका छन् ।










