किशोरीमाथि सामुहिक करणी गरेको अभियोगमा तनहुँको भानुबाट २ जना पक्राउ, ३ फरार

भञ्ज्याङ न्यूज

१९ वर्षीया किशोरीलाई सामुहिक करणी गरेको अभियोगमा प्रहरीले तनहुँको भानुबाट २ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भानु नगरपालिका-३ चाम्बास बस्ने २४ वर्षीय अशोक गुरुङ र विशाल बाबु भन्ने देवराज सुनारलाई पक्राउ गरेको हो ।

उनीहरुलाई इलाका प्रहरी कार्यालय भानुबाट खटिएको प्रहरीले टोलीले शनिबार दिउँसो पक्राउ गरेको प्रहरी नायव उपरीक्षक युवराज तिमिल्सिनाले बताए ।

किशोरीलाई पाँच जनाले सामूहिक जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय भानुबाट खटिएको प्रहरीले उनिहरुलाई पक्राउ गरेको तिमिल्सिनाले बताए ।

तिमिल्सिनाका अनुसार घटनामा संलग्न तीन जना फरार रहेको र उनिहरुको खोजी भइरहेको छ । पाँच जनाले सामुहिक जबरजस्ती करणी गरेको भन्ने सूचना पाएलगत्तै दुइ जनालाई पक्राउ गरेर अनुसन्धान थालेको तिमिल्सिनाले बताए ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker