घिरिङमा नेपाल उत्पीडित जातीय मुक्ति समाज गठन

भञ्ज्याङ समाचारदाता/घिरिङ

तनहुँको घिरिङ गाउँपालिकामा नेपाल उत्पीडित जातीय मुक्ती समाज गठन गरिएको छ । समाजको प्रथम भेलाले अन्जान परियारको नेत्तृत्वमा समाज गठन गरेको छ । समाजको उपाध्यक्ष नारायणी सुनार, सचिव दिल कुमार बिक, सहसचिब सोमान सिं रामदाम र कोषाध्यक्षमा बिष्णु मायाँ नेपाली सहित ५१ जना सदस्यीय समिति गठन गरेको छ ।

उत्पीडित जातीय मुक्ती समाज घिरिङ्गका इन्चार्ज एबं नेकपा एमाले घिरिङ्गका सदस्य गोपाल बिकको अध्यक्षतामा आयोजित सो भेलालाई सम्बोधन गर्दै नेपाल उत्पीडित जातीय मुक्ती समाजका केन्द्रीय सदस्य एबं नेकपा एमाले जिल्ला सदस्य बाबुराम सुनारले नेकपा एमालेको भातृ संगठनको एउटा शक्तिशाली अंग नेपाल उत्पीडित जातीय मुक्ती समाज भएकोले दलित समुदायबाट पनि हरेक क्षेत्रमा प्रतिस्पर्धा गर्ने खुबी भएका ब्याक्तित्व हरुको कमी नभएको बताए ।

उनले राजनीतिक नेतृत्वमा दलित कोटा मात्र नभएर खुल्ला तर्फबाट पनि आउन सकिने बताउँदै दलित समुदायको समान हक अधिकार सुनिश्चितताको लागि दलितहरु एकताबद्ध भएर अगाडि बढ्न आग्रह गरे ।

कार्यक्रममा उत्पीडित जातीय मुक्ती समाज तनहुँका अध्यक्ष सिताराम सुर्खालिले आफ्नो सीपलाई ब्यवसायिक बनाउदै शिक्षालाई अगाडि बढाएर नेत्तृत्वमा पुग्ने योग्यता भएका दलित समुदाय भित्र धेरै जन्मिएका भन्दै जातीय विभेद भएमा प्रतिबाद गरेर कानुनी उपचार खोज्न आग्रह गरे ।

नेपाल उत्पीडित जातीय मुक्ती समाजका जिल्ला सचिब भुवन बिक, नेकपा एमाले तनहुँ जिल्ला सचिवालय सदस्यद्वय घिरिङका इन्चार्ज होम बहादुर थापा र अध्यक्ष इन्द्र बहादुर थापा, नेपाल उत्पीडित जातप्य मुक्ती समाजका प्रदेश सदस्यहरु भरत लामघादे, मनिसा बिक, जिल्ला सदस्य रितु नेपाली र पूर्व जिएम बिष्णु ढकाल लगायतले आ-आफ्ना विचार व्यक्त गरेका थिए ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker