कच्ची सडकमा ट्याक्टर दुर्घटना हुँदा एकको मृत्यु

  • भञ्ज्याङ समाचारदाता (दमौली)

तनहुँको आँबुखैरेनी गाउँपालिका-२ ल्युतपाखास्थित कच्ची सडकमा ट्याक्टर दुर्घटनामा पर्दा एक यात्रुको घटनास्थलमै ज्यान गएको छ । प्रहरीका अनुसार ज्यान जानेमा आँबुखैरेनी-२ अदुवाखर्कका ४० वर्षीय केशव दर्लामी रहेको तनहुँ प्रहरीले जनाएको छ ।

छिम्केश्वरी आँबुखैरेनी कच्ची सडकमा छिम्केश्वरीबाट आँबुखैरेनी जाँदै गरेको ग१त ३७७० नम्बरको ट्याक्टर अनियन्त्रित हुँदा दुर्घटना भएको प्रहरीले जनाएको छ । घटनामा परी तीन जना यात्रु घाइते भएका छन् । एक जना घाइतेलाई थप उपचारका लागि पुरानो मेडिकल कलेज चितवन रिफर गरिएको प्रहरीले जनाएको छ ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker