सम्झौताको दशक बित्यो, बनेन पुल

तनहुँको आँबुखैरेनी–५ र चितवनको भरतपुर महानगरपालिका–२९ घुमाउने जोड्ने त्रिशुली नदीमाथि अलपत्र अवस्थामा रहेको पुल । वि.सं. २०७१ असारमा तीन वर्ष भित्र पुल निर्माण कार्य सक्ने गरी सम्झौता भएपनि हालसम्म दुबैतर्फ पुलको पिल्लर बाहेक अन्य काम हुन सकेको छैन ।

पुल निर्माणकार्य अलपत्र भएपछि स्थानीय उपभोक्ताले पुल निर्माण संघर्ष समितिनै खडा गरी सरोकारवाला निकायमा दबाब दिंदै आएपनि कामले गति लिन सकेको छैन । सम्झौता अनुसार १०५ मिटर लम्बाई र फुटपाथ सहित ११ मिटर चौडाई डिजाइनमा रहेको घुमाउने पुल निर्माण कार्य हालसम्म ३० प्रतिशतमा काम भएको बताइएको छ । यो पुल निर्माण पूरा नहुँदा गण्डकी प्रदेशको राजधानी पोखरालाई तराईसँग जोड्ने र पृथ्वीराजमार्गको वैकल्पिक मार्ग अलपत्र रहेको छ । तस्विर : भञ्ज्याङ










