तनहुँको धयरेमा माइक्रो दुर्घटना हुँदा १४ यात्रु घाइते
भञ्ज्याङ न्यूज
पृथ्वी राजमार्ग अन्तर्गत तनहुँको म्याग्दे गाउँपालिका-३ धयरेमा माइक्रो बस दुर्घटना हुँदा १४ जना यात्रु घाइते भएका छन् । दमौलीबाट पोखरा तर्फजाँदै गरेको बा४ख ९९९९ नम्बरको माइक्रो बस सो स्थानमा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।
घाइतेमध्ये सात महिला र सात पुरुष रहेको प्रहरी नायब उपरिक्षक युवराज खड्काले बताए । माइक्रो बस आफै अनियन्त्रित भई सम्धीखोला पुलको रेलिङमा ठोक्किद १५ फिट तल खसेको प्रहरीले बताएको छ ।
घाइतेमध्ये विमल रानाभाट, भानुप्रसाद भट्टराइ, बिन्दु भट्टराइ, भावना श्रेष्ठ र माइक्रो चालक जीवन आलेलाई थप उपचारका लागि पोखरास्थित मणिपाल शिक्षण अस्पताल पठाइएको छ । अन्य घाइतेको दमौलीस्थित रत्नहरि अस्पतालमा उपचार भइरहेको तनहुँ प्रहरीले बताएको छ ।