घिरिङमा घर भत्किएर विस्थापित परिवारलाई खाद्यान्न र लत्ताकपडा

घिरिङ : तनहुँको घिरिङ गाउँपालिका–३ ग्याझा कुवादीमा अविरल वर्षाका कारण घर भत्किएर विस्थापित भएका परिवारलाई तत्काल आवश्यक खाद्यान्न तथा लत्ताकपडा सहयोग गरिएको छ ।

असोज ८ गतेदेखि परेको लगातार वर्षाका कारण असोज १० गते राति स्थानीय मनबहादुर नेपाली र लालिमाया नेपाली बस्दै आएको घर भत्किएको थियो । घर पूर्ण रूपमा क्षति हुँदा घरभित्र रहेका अन्नपात, लत्ताकपडालगायत सामग्री पुरिएपछि नेपाली परिवार विस्थापित अवस्थामा रहेको थियो ।

विस्थापित परिवारको तत्कालीन आवश्यकता सम्बोधन गर्न आइतबार घिरिङ गाउँपालिकाको तर्फबाट खाद्यान्न तथा लत्ताकपडा उपलब्ध गराइएको हो । नेकपा एमाले घिरिङ गाउँ कमिटीको तर्फबाट पनि पीडित परिवारलाई आवश्यक खाद्यान्न तथा कपडा सहयोग गरिएको छ ।

घर नै भत्किएपछि दैनिक गुजारा तथा बसोबासमा समस्या झेलिरहेका परिवारलाई तत्काल राहतस्वरूप सहयोग गरिएको जनाइएको छ । वर्षाका कारण घर क्षति भएपछि परिवार सुरक्षित स्थानमा आश्रय लिएर बस्न बाध्य भएको थियो ।

पीडित परिवारको पुनःस्थापनाका लागि नयाँ घर निर्माण गर्ने प्रक्रिया अघि बढाउने प्रतिबद्धता पनि जनाइएको छ। सुरक्षा निकाय, सम्बन्धित वडा तथा गाउँपालिकाका जनप्रतिनिधिले क्षतिको अवस्था र आवश्यक प्रक्रियाबारे समन्वय गरी नयाँ घर निर्माणका लागि पहल गर्ने बताएका छन् ।

अविरल वर्षाका कारण ग्रामीण क्षेत्रमा घर, सडक तथा अन्य भौतिक संरचनामा क्षति पुगिरहेका बेला स्थानीय तह र विभिन्न संघसंस्थाबाट पीडित परिवारलाई तत्काल राहत उपलब्ध गराउने क्रमसमेत जारी रहेको छ ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker