दमौलीका पर्यटनकर्मीलाई पर्यटकमैत्री सेवा सम्बन्धी तालिम

भञ्ज्याङन्यूज

तनहुँको दमौलीमा होटल पर्यटनकर्मीहरुलाई दुइ दिने ‘पर्यटकमैत्री सेवा’ सम्बन्धी आवासीय तालिम सञ्चालन गरिने भएको छ । होटल व्यवसायी महासंघ गण्डकी, नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेशको आयोजना र होटल व्यवसायी संघ तनहुँको सहआयोजनामा आइतवारदेखि दुइ दिने तालिम गर्न लागिएको हो ।

दमौलीमा शनिवार पत्रकार सम्मेलन गरी मर्स्याङ्दी करिडो अन्तर्गतका होटल तथा रेष्टुरेन्ट व्यवसायीहरुको क्षमता अभिवृद्धि, कर्मचारीको सीप र दक्षता अभिवृद्धिको आवश्यकतालाई मध्यनजर गरी तालिमको आयोजना गरिएको होटल व्यवसायी महासंघ गण्डकी अध्यक्ष अर्जुन चोखालले जानकारी दिए ।

व्यवसायी र कर्मचारीहरुलाई स्वच्छ र पर्यटकमैत्री सेवा प्रवाह सम्बन्धी तालिममा तनहुँ, गोर्खा र चितवनको संगमस्थल मुग्लिनसम्म लम्बिएको मर्स्याङ्दी करिडोरका ६० जना पर्यटनकर्मी सहाभागी रहने महासंघ गण्डकीका महासचिव देवेन्द्र लम्सालले बताए ।

तालिमको सहजिकरण नेपाल टुरिजम एण्ड होटल म्यानेजमेन्ट कलेज पोखराका प्रिन्सिपल प्रकाश रेग्मी प्रमुख प्रशिक्षक तथा खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयका अधिकृत ज्योति आचार्य, नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश कार्यालयको लेखा अधिकृत सागर श्रेष्ठ लगायतले गर्ने प्रदेश उपाध्यक्ष दुर्गाविलास भट्टराइ बताए ।

तालिममा सहभागीलाई खाद्य स्वच्छता, सरसफाइ तथा पोशाक, पर्यटकमैत्री व्यवहार तथा आचरण, व्यवसायमा प्रविधिको प्रयोग, व्यवसायी र कर्मचारीबीचको सम्बन्ध व्यवसायको प्रचार-प्रसार र प्रवर्द्धन, स्थानीय उत्पादनको व्यवसायिकरण लगायतका विषयमा सहजिकरण गरिने भएको छ ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker