स्वास्थ्य चौकीमा एमबीबीएस डाक्टर सहितको स्वास्थ्य सेवा

  • भञ्ज्याङ समाचारदाता (म्याग्दे)

तनहुँको म्याग्दे गाउँपालिकाको स्वास्थ्य चौकी एवं कोभिड अस्पताल प्रयोगशाला सञ्चालनमा ल्याइएको छ । अस्पतालको प्रयोगशाला शुभारम्भ गर्दै गाउँपालिकाकी अध्यक्ष मायादेवी रानाले एमबिबिएस डाक्टर सहितको सेवा स्वास्थ्य चौकीमा सुरु भएको जानकारी गराएकी थिइन् ।

सामान्य उपचार सेवा पनि सहज रुपमा उपभोग गर्न समस्या झेल्दै आएका यस क्षेत्रका बासिन्दालाई अब गाउँमै सुविधायुक्त सेवा शुरु भएको र प्रेसर, सुगरजस्ता रोगको परीक्षणका लागि अन्यत्रा जान नपर्ने उनले बताइन् ।

कार्यक्रममा गाउँपालिकाका उपाध्यक्ष बालकृष्ण घिमिरेले यो हिजोको जस्तो स्वास्थ्य चौकी नभएको बताउँदै गाउँपालिकाले अस्पताल सरहको सेवा स्वास्थ्य चौकिबाटै दिएको दाबी गरे । स्वास्थ्य चौकीलाई थप सेवा सुविधा विस्तार गर्दै लग्ने गाउँपालिकाले लक्ष्य लिएको उनले बताए।

कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत नारायण प्रसाद अधिकारीले गाउँपालिकाले स्वास्थ्य क्षेत्रलाई उच्च प्राथमिकतामा राखेको बताए । स्वास्थ्य शाखा प्रमुख तिलक घिमिरेले स्वास्थ्य चौकीबाट दिइने सेवाका बारेमा जानकारी गराउँदै अब डाक्टर स्तरको बिरामी जाँच सेवा, दैनिक सेवा, प्रयोगशाला, सुरक्षित मातृत्व लगायतका सेवा स्वास्थ्य चौकीबाटै उपलब्ध गराइने बताए ।

म्याग्दे गाउँपालिका-२ का अध्यक्ष चन्द्रबहादुर रानाभाटको अध्यक्षतामा आयोजित कार्यक्रममा स्वास्थ्य चौकीका डाक्टर प्रदिप थापा तथा स्वास्थ्य चौकी इन्चार्ज सक्षम घिमिरेले सर्वसाधारणलाई सहज रुपमा उपचार सेवा प्रदान गर्न आफुहरु लागि पर्ने बताएका थिए । स्वास्थ्य चौकीमा एक डाक्टर, दुइ स्टाफ नर्स, एक हेल्थ असिस्टेन्ट, दुइ जना अहेब, एक ल्याव असिस्टेन्ट, तीन अनमीसहितका जनशक्ति कार्यरत रहेको गाउँपालिकाले जनाएको छ ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker