पर्यटन पूर्वाधार अन्तरगत तनहुँका दुइ वटा योजनालाई ७/७ करोड बिनियोजन

प्रदेशका १५ वटा योजनाको पूर्वाधारका लागि ६८ करोड बिनियोजन

  • भञ्ज्याङ समाचारदाता (दमौली)

गण्डकी प्रदेशको पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले तनहुँका दुइ वटा पर्यटन पूर्वाधार तथा पर्यटन उपजको विकास तथा प्रवर्द्धन गर्न ७/७ करोड रुपैयाँ विनियोजन गरेको छ । मन्त्रालयले प्रदेशका १५ वटा योजनामा स्थानीय तहको सझेदारीमा कार्यक्रम सञ्चालन गर्ने गरी करिब ६८ करोड रुपैयाँ बजेट बिनियोजन गरेको हो । पूर्वाधार निर्माण तथा पर्यटन उपज विकास साझेदारी निर्देशिका २०७७ अनुसार साझेदारीमा ती आयोजनाहरु सञ्चालन गरिने भएको छ । प्रदेश र स्थानीय तहसंग लागत साझेदारीमा पर्यटकीय गन्तव्य पूर्वाधार विकास कार्यक्रम अन्तर्गत मन्त्रालयको माघ २९ गतेको मन्त्रीस्तरीय बैठकले आयोजनाको छानौट तथा बजेट बिनियोजन गरेको छ ।

उक्त बैठकले तनहुँको बन्दीपुरमा मुकुन्देस्वरी पदमार्ग निर्माणका लागि ७ करोड रुपैयाँ र व्यास नगरपालिकामा व्यास परासर क्षेत्रमा व्यासको १०८ फिट मुर्ति निर्माण योजनाका लागि ७ करोड रुपैयाँ बिनियोजन गरेको हो । दुवै योजनामा मन्त्रालयको ७० र सम्बन्धित स्थानीय तहको ३० प्रतिशत सझेदारी रहने बताइएको छ ।

यस्तै, गण्डकी प्रदेशमा सबैभन्दा धेरै योजना बागलुङ र गोरखामा सञ्चालन हुने भएका छन् । यी जिल्लाहरुमा तीन/तीन वटा योजना छनौट भएको मन्त्रालयले सूचनामार्फत जानकारी गराएको छ । पर्वत र तनहुँमा दुइ/दुइ वटा तथा नवलपुर, म्याग्दी, मुस्ताङ, लमजुङ र मनाङमा एक योजनामा मात्रै बजेट बिनियोजन भएको छ ।

गोरखाको धार्चे गाउँपालिकामा निसरान च्छो पदमार्ग तथा धर्मशाला निर्माण हुनेछ । दुइ बर्षमा काम सक्ने गरी तयारी रहेको एक करोडको योजनाका लागि मन्त्रालयले ७० लाख रुपैयाँ अनुदान दिएको छ भने गाउँपालिकाले ३० लाख रुपैयाँ लगानी गर्नेछ । शिरानचोक गाउँपालिकामा अमरसिंह पार्क निर्माणका लागि ३ करोड रुपैयाँ बजेट बिनियोजन भएको छ । दुइ करोड दश लाख रुपैयाँ मन्त्रालयको अनुदान र ९० लाख रुपैयाँ गाउँपालिकाको साझेदारी रहने छ । अरुघाट गाउँपालिकामा ऐतिहासिक आरुपोखरी पुननिर्माणको योजना छ । २ करोड २८ लाखको योजनाका लागि मन्त्रालयले १ करोड ६० लाख र बाँकी रकम गाउँपालिकाले साझेदारी गर्ने जनाएको छ ।

बागलुङ नगरपालिका-५ र ६ को मालिका सामुदायीक बन क्षेत्रमा बन्यजन्तु संरक्षण तथा पर्यटन प्रबर्द्धन आयोजना सञ्चालन हुने भएको छ । ५ करोड ६५ लाखको योजनामा ३ करोड ६५ लाख मन्त्रालयले र १ करोड ९६ लाख रुपैयाँ बागलुङ नगरले साझेदारी गर्ने नगरप्रमुख जनकराज पौडेलले बताए ।

गलकोट नगरपालिकामा गलकोट टेउवा मुर्तिकला संग्रहालय निर्माण तथा घुम्टेसम्म सडक पहुँच बिस्तारको योजना छनौट भएको छ । दुइ बर्षमा सकिने ७ करोड रुपैयाँ लागतको यो योजनाका लागि मन्त्रालयको ४ करोड ५५ लाख रुपैयाँ अनुदान र नगरपालिकाको २ करोड ४५ लाख रुपैयाँ साझेदारी रहने छ ।

ताराखोला गाउँपालिकामा सांस्कृतिक संग्राहलय निर्माणका लागि बजेट बिनियोजन भएको छ । २ करोड ६६ लाख रुपैयाँको योजनाका लागि एक करोड ८६ लाख रुपैयाँ मन्त्रालय र ८० लाख रुपैयाँ गाउँपालिकाले साझेदारी गर्नेछन् ।

पर्वतको फलेवास नगरपालिकामा मनमोहन बाटिका (डहरे देउराली पर्यटकीयण् क्षेत्र प्रबर्द्धन) योजना छनौट भएको छ । ५ करोडको योजनाका लागि मन्त्रालयले ३ करोड २५ लाख र नगरपालिकाको १ करोड ७५ लाख रुपैयाँ खर्च हुनेछ । कुश्मा नगरपालिकामा गुप्तेश्वर धार्मिक पर्यटन प्रबर्द्धनको योजना छनौट भएको छ । २ करोड ७६ लाखको योजनाका लागि ७० प्रतिशत मन्त्रालय र ३० प्रतिशत नगरपालिकाको खर्च हुने सूचनामा उल्लेख छ ।

नवलपरासीको कावासोतीमा बृहत कावासोती पर्यटन, सिद्धेश्वर धाम एवं टरुवा ताल बिकासका लागि ७ करोड, म्याग्दीको रघुगंगा गाउँपालिकामा सिद्ध फूटस्टेप एण्ड पार्क निर्माणका लागि १ करोड १० लाख, मुस्ताङको लो-घेकर दामोदर कुण्ड गाउँपालिकामा लो-घेकर गुम्बा पुन निर्माणको लागि ४ करोड १३ लाख, लमजुङको बेसीशहर गाउँपालिकामा पुरानो केटगडीमा शान्ति स्तुपासहित भ्यू टावर निर्माणका लागि ४ करोड २६ लाख रुपैयाँ र मनाङको चामे गाउँपालिकामा चामे पार्क निर्माणको लागि ६ करोड ८६ लाख रुपैयाँ बिनियोजन भएको छ । सबै योजनामा सम्बन्धित स्थानीय तहले ३० प्रतिशत बजेट साझेदारी गर्ने मन्त्रालयले जनाएको छ ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker