भिमादका उत्कृष्ट कार्यसम्पादन गर्ने सात कर्मचारी सम्मानित

भिमाद : तनहुँको भिमाद नगरपालिकाले आर्थिक वर्ष २०८१/०८२ मा उत्कृष्ट कार्यसम्पादन गर्ने सात जना कर्मचारीलाई नगदसहित सम्मान गरेको छ ।

नगरपालिकाको २०औँ नगरसभाको अवसरमा आयोजित कार्यक्रममा प्रशासकीय अधिकृत अजय सुवेदी, लेखापाल श्यामप्रसाद सापकोटा, पशु प्राविधिक सबिन भट्टराई, सब इन्जिनियर टेकप्रसाद जोशी, अमिन सरोज गैरे, स्टाफ नर्स पूर्णिमा नेपाली र कार्यालय सहयोगी तेजमाया श्रेष्ठलाई जनही २५ हजार रुपैयाँ नगद पुरस्कार र सम्मान–पत्रद्वारा सम्मान गरिएको हो ।

उनीहरूलाई नगर प्रमुख दधिराज सुवेदी, उपप्रमुख शारदा खनाल र प्रमुख प्रशासकीय अधिकृत कमल प्रसाद पुनले सम्मान गरेका थिए ।

कार्यक्रममा नगर प्रमुख सुवेदीले उत्कृष्ट कार्य सम्पादन गर्ने कर्मचारीहरूलाई बधाई दिँदै सबै कर्मचारी सेवा प्रवाहमा इमान्दार र जिम्मेवार बन्नुपर्नेमा जोड दिए । उनले कर्मचारी र जनप्रतिनिधिबीचको समन्वय अझ सुदृढ हुनुपर्ने उल्लेख गर्दै यस्ता सम्मानले कर्मचारीलाई थप प्रेरणा र हौसला प्रदान गर्ने विश्वास व्यक्त गरे ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker