तनहुँ प्रशासनको आदेश : सावधानी अपनाउनुस, खोप कार्ड अनिवार्य, व्यास र भानुका विद्यालय बन्द

भञ्ज्याङ न्यूज

जिल्ला प्रशासन कार्यालय तनहुँले कोभिड-१९ को जोखिम नियन्त्रणका लागि आदेश जारी गरेको छ । प्रमुख जिल्ला अधिकारी विश्वप्रकाश अर्यालले पुस २९ गते राती १२ बजेदेखि अर्को व्यवस्था नभएसम्म लागू हुने गरी आदेश जारी गरेका हुन् ।

‘कोभिड-१९ को संक्रमण जोखिमलाई ध्यान दिंदै रोकथाम तथा नियन्त्रण र उपचारलाई थप प्रभावकारी बनाउन संकट व्यवस्थापन केन्द्रको सिफारिस एवं गृहमन्त्रालयको निर्णयलाई कार्यान्वयनमा ल्याएका हौं’, प्रजिअ अर्यालले भने, ‘संक्रामक रोग ऐन २०२० को दफा २ ले दिएको अधिकार र स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ को उपदफा ३ ले दिएको अधिकार प्रयोग गरी आदेश जारी गरिएको हो, आदेशको उल्लंघन गर्नेलाई कानुन अनुसार कारवाही गरिन्छ ।’

जारी आदेशमा कोभिडको बढ्दो संक्रमणलाई दृष्टिगत गरी घर बाहिर वा र्सार्वजनिक स्थलमा निस्किदा सबैले मास्कको अनिवार्य प्रयोग गर्न, भौतिक दूरी कायम गर्न, समय समयमा साबुनपानीले हात धुन आग्रह गरिएको छ ।

प्रशासन जारी गरेको आदेशको पूर्ण विवरण

यस्तै, राजनीतिक, आर्थिक, सामाजिक, व्यावसायिक तथा अन्य गतिविधिहरु सञ्चालन गर्दा मास्कको अनिवार्य प्रयोग गर्न, भौतिक दूरी कायम गर्न, नेपाल सरकारले तोकेका मापदण्ड पूर्णरुपमा पालना गर्न प्रशासनको आदेशमा अनुरोध गरिएको छ ।

प्रशासनले र्सार्वजनिक सवारी साधनहरु स्वीकृत सिट क्षमता भन्दा बढी यात्रु नराखे, सबै यात्रुहरुले अनिवार्य रुपमा मास्क लगाउने, सवारी साधनमा प्रवेश गर्न नदिने, चालक र सहचालकले अनिवार्य मास्क र सवारी साधन दैनिक रुपमा स्यानिटाइज गर्न भनेको छ ।

खोज र खोप कार्यक्रमलाई सफल बनाउन स्वास्थ्य सुरक्षा मापदण्डको पालना हुने गरी खोप अभियानलाई सबै स्थानीय तहले त्रि्रता दिन भनिएको छ । कोमिड-१९ को सम्भावित तेस्रो लहरबाट जोगिन उपयुक्त स्वास्थ्य र्सतर्कता अपनाउने र जनस्वास्थ्यका मापदण्डको कर्डाईका साथ पालन गर्ने, गराउने सम्बन्धी सूचना प्रकाशन तथा प्रशारणका लागि जिल्ला स्थित सबै स्थानीय तह संचार माध्यमहरुलाई विशेष अनुरोध गरिएको छ ।

कोमिड-१९ सम्बन्धी आदेशको प्रभावकारी पालना सम्बन्धमा सुरक्षा निकायबाट नियमित तथा आकस्मिक अनुगमन गर्ने र अनुगमनका क्रममा यस आदेशको अवज्ञा भएको पाईएमा संक्रामक रोग ऐन २०२० अनुसार करबाही गर्ने प्रशासनले जनाएको छ ।

यस्तै, प्रशासनले २५ जना भन्दा बढी मानिसको उपस्थित हुने गरी कुनै पनि किसिमको भेला तथा मेलामहोत्सवहरु एवं सामाजिक लगायतका काम नगर्न अनुरोध गरेको छ । र्सार्वजनिक स्थानहरु -कार्यालय, होटल, रेष्टुरेन्ट, सिनेमा हल, रङ्गशाला, हवाई या त्रा पार्क आदि) मा प्रवेश गर्दा माघ ७ गतेदेखि कोभिड-१९ विरुद्धको खोप लगाएको कार्ड साथमा राख्न र यस्ता सबै निकायहरुले खोप कार्ड हेरेर मात्र प्रवेश दिने व्यवस्था मिलाउन आदेश जारी गरिएको छ ।

माघ ७ गतेदेखि जिल्लाभित्रका सबै र्सार्वजनिक निकायमा सेवा प्राप्त गर्न खोप कार्ड अनिवार्य गरिने आदेशमा उल्लेख छ । आदेशमा स्वास्थ्य कार्यालयले स्थानीय तहसँग समन्वय गरी निःशुल्क एन्टिजेन टेष्ट परीक्षणको दायरा फराकिलो बनाई नियमित परीक्षण गर्ने, र्सार्वजनिक सवारी साधनहरु स्वीकृत सिट क्षमताभन्दा बढी यात्रु नराख्न, सबै यात्रुहरुले अनिवार्य रुपमा मास्क लगाउन अनुरोध गरिएको छ ।

व्यास र भानु नगरपालिकाद्वारा विद्यालय बन्द गर्न

यस्तै, कोभिड-१९ को संक्रमण बढ्दै गएको भन्दै व्यास नगरपालिका र भानु नगरपालिकाले सम्पूर्ण शिक्षण संस्था बन्द गर्न निर्देशन जारी गरेको छ । जिल्लाको व्यास नगरपालिकाले हिउँदे बिदा दिएर विद्यालय बन्द गर्न सबै विद्यालयलाई निर्देशन जारी गरेको हो ।

नगरपालिकाका निमित्त प्रमुख प्रशासकिय अधिकृत राजेन्द्र कार्कीद्वारा जारी सूचनामा नेपाल सरकार विज्ञान तथा प्रविधि मन्त्रालयबाट जारी विज्ञप्ति समेतका आधारमा परीक्षा सञ्चालन र खोप अभियान निरन्तर रहने गरी विद्यालय माघ १५ गतेसम्म बन्द गर्ने निर्देशन दिइएको छ । यस अघि शिक्षा विकास तथा समन्वय एकाईले वैकल्पिक पठनपाठनका लागि आवश्यक सूचना जारी समेत गरेको थियो ।

यस्तै, भानु नगरपालिकाका नगर शिक्षा अधिकारी ध्रुवराज पौडेलले विहीबार एक सूचना जारी गर्दै नगर क्षेत्रका सम्पूर्ण विद्यालयहरु माघ २ देखि माघ १५ गतेसम्मका लागि बन्द गरिने जनाएका छन् ।

जारी सूचनामा विद्यालयहरुमा सञ्चालन भइरहेका दोश्रो त्रैमासिक/अर्धवार्षिक कपरीक्षाहरु पूर्वनिर्धारित समयतालिका बमोजिम जनस्वास्थ्य र सुरक्षाका मापदण्डहरु पूर्णरुपमा पालना हुने गरी जेड आकारमा बर्साई व्यवस्थापन गरी सञ्चालन गर्न अनुरोध गरिएको ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker