भूकम्पले भत्किएको गुम्बा पुनःनिर्माण

  • भञ्ज्याङ समाचारदाता (दमौली)

२०७२ वैशाखको भूकम्पले क्षति पुगेको तनहुँको भानु नगरपालिका-९ स्थित उर्गेन छोइलिङ गुम्बा पुनःनिर्माण शुरु गरिएको छ । राष्ट्रिय पुनःनिर्माण प्राधिकरणको अनुदान सहयोगमा भूकम्पले भत्किएको गुम्बाको पुनःनिर्माण शुरु गरिएको हो ।

राष्ट्रिय पुनःनिर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन एकाइ तनहुँका प्रमुख जयप्रकाश गुप्ताले तनहुँमा दुइवटा गुम्बा पुनःनिर्माणका लागि सम्झौता भएकामा एउटाको काम शुरु भएको र अर्को गुम्बाको पनि काम शुरु गर्न ताकेता गरिएको जानकारी दिए । उक्त गुम्बा असार १५ गतेभित्र सम्पन्न गर्नुपर्ने म्याद तोकिएको उनले बताए ।

प्राधिकरणले भानु नगरपालिका-९ स्थित उर्गेन छोइलिङ गुम्बा र भानु नगरपालिका-२ स्थित बुद्ध हिमाली तमु समान गुम्बा पुनःनिर्माणका लागि अनुदान उपलब्ध गराएको छ । रु ८७ लाख ७३ हजार ६२० को लागतमा दुइ गुम्बा पुनःनिर्माण हुन लागेको हो । त्यसका लागि पुनःनिर्माण प्राधिकरणले रु ६० लाख ८५ हजार ७४ अनुदान उपलब्ध गराएको छ भने बाँकी रकम स्थानीय तहले र स्थानीयवासीले जनश्रमदान गर्नुपर्नेछ ।

गुप्ताका अनुसार उर्गेन छोइलिङ गुम्बा रु ४४ लाख ६६ हजार २० को लागतमा पुनःनिर्माण हुनेछ। त्यसका लागि पुनःनिर्माण प्राधिकरणले रु ३० लाख ९७ हजार ४७४ उपलब्ध गराएको छ भने भानु नगरपालिकाले रु एक लाख ५० हजार र स्थानीयवासीले रु १२ लाख १८ हजार ५४५ बेहोर्नेछन् । बुद्धहिमानी तमु समान गुम्बा रु ४३ लाख सात हजार ६०० को लागतमा पुनःनिर्माण हुन लागेको हो । त्यसका लागि पुनःनिर्माण प्राधिकरणले रु २९ लाख ८७ हजार ६०० उपलब्ध गराएको छ भने भानु नगरपालिकाले रु एक लाख ५० हजार र स्थानीयवासीले रु ११ लाख ७० हजार बेहोर्नेछन् ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker