दमौली बजार इकाईको अधिवेशन सुरु, नेतृत्वमा आकांक्षिको लर्को

भञ्ज्याङन्यूज

तनहुँ उद्योग वाणिज्य संघ दमौली बजार इकाई समितिको २८औं वार्षिक साधारण सभा एवं १२औं अधिवेशन शनिबारबाट दमौलीमा सुरु भएको छ। इकाईको वार्षिक साधारणसभा तथा अधिवेशनको गण्डकी प्रदेश सभाका सांसद अशोक कुमार श्रेष्ठले उद्घाटन गरेका छन् । सांसद श्रेष्ठले अहिले देखिएको आर्थिक मन्दिका कारण व्यापार व्यवसाय असर परेको चर्चा गर्दै उनले यो अवस्थामा राज्यले व्यवसायीको समस्यालाई सम्बोधन गर्नुपर्नु बताए।

इकाई सभापति भुपाल आलेको अध्यक्षतामा आयोजित उद्घाटन समारोहमा नेपाल उद्योग वाणिज्य महासंघका पूर्व केन्द्रीय सदस्य बृषराज श्रेष्ठ, संघका अध्यक्ष पविन्द्रकुमार श्रेष्ठ, पूर्व अध्यक्ष मंगलप्रसाद श्रेष्ठ, पूर्व उपाध्यक्ष इश्वरबहादुर विष्ट, नेपाली काँग्रेसका जिल्ला सचिव लक्ष्मीभक्त खनाल, रास्वपाका नेता विश्व बास्तोला, बजार इकाईका पूर्व अध्यक्ष कुमार मोहन श्रेष्ठ लगायतले दमौलीको आवश्यकतालाई पहिचान नगरी व्यास नगरपालिकाले बनाउन लागेको बहुउद्देश्यीय भवनका विषयमा असन्तुष्टि जनाएका थिए ।

यस्तै, दमौली बजार इकाई समितिको १२औं अधिवेशनबाट निर्वाचित हुने नयाँ नेतृत्व दाबा गर्दै उम्मेदवारी दर्ता गर्नेको लर्को लागेको छ । इकाई सभापतिको पद दाबा गर्दै इकाईका निवर्तमान अध्यक्ष राजकुमार श्रेष्ठ राकु, पूर्व उपाध्यक्ष शुकनारयण मल्ल र पूर्व कोषाध्यक्ष बिन्दुकुमार श्रेष्ठले उम्मेदवारी दर्ता गराएका छन् ।

इकाइको उपसभापतिमा विष्णुलाल श्रेष्ठ, दिपक राइ, इन्द्रलाल श्रेष्ठ, राजेन मियाँ र शेषराज श्रेष्ठको उम्मेदवारी दर्ता भएको छ । कोषाध्यक्षका लागि हर्षान श्रेष्ठ, लालप्रसाद प्रधान, नारायण मल्ल र युवराज भण्डारीको उम्मेदवारी दर्ता गराएका छन् ।

यस्तै, इकाईबाट जिल्ला प्रतिनिधिका लागि भरतकुमार श्रेष्ठ, भूपाल आले मगर, वीरेन्द्रकुमार श्रेष्ठ, ब्रजेज साह तेली, एकप्रसाद श्रेष्ठ, किनकुमार श्रेष्ठ, माधव न्यौपाने, मोहम्मद सलिम मियाँ, महेश मल्ल, नविन श्रेष्ठ, प्रकाश श्रेष्ठ र राजेन्द्र श्रेष्ठले उम्मेदवारी दर्ता गराएका छन्।

इकाइ सदस्यका लागि अनिलकुमार श्रेष्ठ, अनुप दाहाल, अर्जुन पौडेल, अशोक शाह तेली, बलराम वाग्ले, वीरबहादुर नेपाली, विष्णुकुमार कायस्थ, चिजकुमार श्रेष्ठ, मनोजकुमार गुप्ता, नारायण सापकोटा, पोष्टमान श्रेष्ठ, प्रकाश श्रेष्ठ, रवि भुजेल, संगम घर्ती, सूर्या रसाइली, ठाकुरप्रसाद पौडेल र टिकाराम गिरीको उम्मेदवारी दर्ता भएको छ ।

अधिवेशनले एक सभापति, एक उपसभापति, एक कोषाध्यक्ष, पाँच जिल्ला प्रतिनिधि र १४ जना सदस्य निर्वाचित गर्ने निर्वाचन संयोजक भीमलाल श्रेष्ठले जानकारी गराए । इकाईको नेतृत्व र्सवसम्मत चयन गर्ने प्रयास भइरहेको र र्सवसम्मत नभएमा आइतबार निर्वाचन प्रक्रियामा जाने बताइएको छ ।

तनहुँ उद्योग वाणिज्य संघका सात वटा बजार इकाई मध्ये सबैभन्दा धेरै ७६२ सदस्य रहेको दमौली बजार इकाई भएकाले सबैले यसको नेतृत्वका विषयलाई चासोका साथ हेरेका छन् । इकाईको नेतृत्वसंगै संघको नेतृत्व चयनमा समेत प्रभाव पर्ने हुँदा संघको नेतृत्व दाबा गर्ने व्यवसायीहरुले इकाईमा आफु अनुकुलका पदाधिकारीलाई चयन गर्न लागि परेका छन् ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker