राष्ट्रिय प्रजातान्त्रिक युवा संगठन तनहुँमा लामिछाने
राष्ट्रिय प्रजातन्त्रिक युवा संगठन तनहुँको प्रथम जिल्ला अधिवेशनबाट दिनेश लामिछाने अध्यक्षमा चयन भएका छन् । बुधबार भएको अधिवेशनबाट लामिछानेको अध्यक्षतामा २१ सदस्यीय नयाँ कार्यसमिति चयन भएको हो । कार्यक्रममा राप्रपाका केन्द्रीय उपाध्यक्ष हेमजङ्ग गुरुङले भ्रष्टाचार र विकृति अन्त्यका लागि युवाहरुले सशक्त आवाज उठाउनुपर्ने बताए।
कार्यक्रममा पार्टीयका प्रवक्ता गोपाल दाहाल, सहमहामन्त्री प्रकाश रिमाल, प्रजातान्त्रिक युवा संगठन केन्द्रीय अध्यक्ष सुजित केसी, युवा गण्डकी प्रदेश सन्तोष थापा, पार्टीका जिल्ला अध्यक्ष विनोद घर्ती लगायतले धारणा राखेका थिए ।