आँवु र डुम्रेका २१ होटलको वर्गीकरण

३ वटा थ्री स्टार, छ वटा टु स्टार र ७ वटाले वन स्टारको लोगो पाए

  • भञ्ज्याङ समाचारदाता (दमौली)

पृथ्वीराजमार्ग अन्तरगत तनहुँको आँवुखैरेनी र डुम्रेसम्म सञ्चालित होटल तथा रेष्टुराँहरुको अनुगमन गरी वर्गीकरण गरिएको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय तनहुँले राजमार्ग क्षेत्रमा सञ्चालित २१ वटा होटल तथा रेष्टुराँहरुको अनुगमन गरेको थियो ।

कार्यालयले गरेको अनुगमनका क्रममा विभिन्न मापदण्ड गुणस्तरका आधारमा तीन वटा होटललाई अति उत्तममा वर्गीकरण गरेको छ । बरादी स्थित मर्स्याङदी रिसोर्ट, डुम्रे स्थित मुस्ताङ प्लाजा र फिस्टेल रेस्टुरेन्टलाई थ्री स्टारमा वर्गीकरण गरी लोगो प्रदान गरेको हो ।

राजमार्ग क्षेत्रका २१ वटा होटल मध्ये ६ वटालाई टु स्टार अर्थात उत्तम र ७ वटा होटललाई सन्तोषजनक अर्थात वान स्टारमा वर्गीगकरण गरेको छ । कार्यालयका अनुसार गण्डकी रिभर भ्यू दमौली, बन्दिपुर गार्डेन रिसोर्ट डुम्रे, होटल न्यू स्टर एण्ड लज डुम्रे, हाम्रो चुलो होटल डुम्रे, थकाली होटल एण्ड भान्सा घर आँवु, शुभकामना रेष्टुरेन्ट एण्ड खाजा घर आँवुखैरेनी गरी छ वटा होटलहरुलाई टु स्टारको पहिचान दिएको छ ।

यस्तै, राजमार्ग क्षेत्रका सन्तोष तन्दुरी एण्ड फास्ट फुड, ओसो मिठाइ पसल, पोखरा रिभर भ्यू, पुरानो मर्स्याङ्दी फ्रेस फिस, झिंगु मःमः रेष्टुरेन्ट, थकाली होटल र गोर्खाली होटल गरी ७ वटा होटलहरुले वन स्टारको पहिचान पाएका छन् ।

कार्यालयले मंगलबार जिल्लाका होटलको स्तरीकरण लोगो वितरण तथा एक दिने अभिमुखिकरण कार्यक्रम गरी होटल सञ्चालकलाई वर्गीकरण लोगो प्रदान गरेको छ । होटलहरुलाई वर्गीकृत लोगो हस्तान्तरण गर्दै सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालले होटलले पाउने लोगो आफ्नो पहिचान भएको र गुणस्तरीय पेशा व्यवसाय गरी प्राप्त लोगोको पहिचान जोगाई राख्न आग्रह गरे ।

सहायक प्रजिअ बरालले भने, ‘जुनसुकै ठाउँका मानिसहरू तनहुँ भएर यात्रा गर्दा यहीका होटल तथा रेष्टुराँमा खाना, खाजा खाउँखाउँ लाग्ने वातावरण बनाउन र जिल्लाको पहिचान बनाउने जिम्मा होटल व्यवसायीहरुको पनि हो ।’ कार्यक्रममा खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यलय दमौलीका प्रमुख प्रशान्त पोख्रेल तथा भैरहवाका प्रमुख विमल दाहालले व्यवसायीलाई अभिमुखिकरण गराएका थिए ।

कार्यक्रममा क्षेत्रीय होटल संघ तनहुँका अध्यक्ष राम जोशी, चेम्बर अफ कमर्सका अध्यक्ष महेन्द्र मोहन भट्टराइ, व्यवसायी नेताहरु गणेशकुमार श्रेष्ठ, विकास खनाल, चन्द्रकुमार कायस्थ लगायतले आ-आफ्ना विचार व्यक्त गरेका थिए ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker