दमौली सहकारीको रकम ठगी मुद्दामा ५ जनालाई ३ वर्ष कैद

तनहुँको व्यास नगरपालिका-२ स्थित दमौली बचत तथा ऋण सहकारीको रकम हिनामिना सम्बन्धमा जिल्ला अदालत तनहुँमा दर्ता भएको ठगी मुद्दामा पाँचजनालाई कैद सजायको फैसला भएको छ । जिल्ला न्यायाधीश वासुदेव पौडेलको इजलाशले पाँच प्रतिवादीलाई तीन वर्षकैद र ३० हजार रुपैयाँ जरिवानाको फैसला गरेको हो ।

जिल्ला अदालत तनहुँका स्रेस्तेदार मीनबहादुर कुँवरका अनुसार व्यास नगरपालिका-२ का दिव्या थापा, राजु थापा, व्यास नगरपालिका-१ का दीपिका थापा, व्यास नगरपालिका-५ का याममाया दरै र व्यास नगरपालिका-१० का चेलीमाया थापालाई तीन वर्षकैद सजायको फैसला भएको छ ।

साथै बिगोको हकमा सोही प्रतिवादीबाट दामासाहीरुपमा भराउने फैसलासमेत अदालतले गरेको छ । जिल्ला अदालतले अन्य प्रतिवादीलाई भने सफाइ दिएको छ । हरिबहादुर गुरुङले १६ जनालाई प्रतिवादी बनाए २०७५ असार ६ गते जिल्ला अदालतमा मुद्दा दर्ता गरेका थिए । उक्त मुद्दाको दशपटक पेशी चढेको थियो

दमौली बचत तथा ऋण सहकारीमाथि साढे चार करोड रुपैयाँ हिनामिना गरेको अभियोग लागेको थियो । यसअगाडि तत्कालीन तनहुँ जिल्ला अदालतका न्यायाधीश दीपक ढकालको आदेशबाट सहकारीकी सचिव दिव्या थापा, लेखापालद्वय लक्ष्मी थापा र शुभेच्छा दरै पुर्पक्षका लागि थुनामा गएका थिए । सोही मुद्दाका आरोपी सहकारी संस्थाका कोषाध्यक्ष राजु थापा भने एक लाख रुपैयाँ धरौटी बुझाएर रिहा भएका थिए ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker