आयुर्वेद चिकित्सा : तनहुँका स्थानीय तहमा सेवा केन्द्र विस्तार

भञ्ज्याङ समाचारदाता (दमौली)

जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र तनहुँले आयुर्वेद चिकित्सा प्रति सर्वसाधारणलाई आकर्षित गर्न जिल्लाका स्थानीय तहमा सेवा केन्द्र विस्तार गर्न थालेको छ । कार्यालयले जिल्लाको घिरिङ, देवघाट, आँबुखैरेनी र बन्दीपुर गाउँपालिकामा आरोग्य सेवा स्थापना गरेको छ ।

जिल्लाका चार वटा पालिकामा सेवा केन्द्र स्थापना भइसकेका र बाँकी अन्य पालिकामा पनि क्रमशः आयुर्वेद स्वास्थ्य केन्द्र स्थापना गरिने कार्यालयका अध्यक्ष देवीबहादुर बस्नेतले बताएका छन् । आधुनिक चिकित्सा प्रणालीभन्दा आयुर्वेदिक चिकित्सा प्रणाली महत्वपूर्ण रहेकाले यसकै महत्व बुझाउन हरेक स्थानीय तहमा आरोग्य केन्द्र स्थापना गरिएको बस्नेतले बताएका छन् ।

‘सर्वसाधारणलाई आयुर्वेद स्वास्थ्य सेवाका लागि अन्यत्र भौतारिन नपरोस् भन्ने उद्देश्यसहित आरोग्य स्वास्थ्य केन्द्र सञ्चालनमा ल्याइएको हो’, उनले भने, ‘पछिल्लो समय कोरोना महामारीका बेला सर्वसाधारणले आयुर्वेदको महत्व बुझे,यसको महत्व सर्वसाधारणलाई बुझाउन थप प्रचारप्रसार गर्छौ ।’

आयुर्वेद चिकित्सा तथा यसको महत्वबारे बुझाउन केन्द्रको महत्वपूर्ण भूमिका रहने जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र प्रमुख डा. रामप्रबोध मण्डलले बताए । आरोग्य केन्द्रबाट नागरिकलाई निःशुल्करुपमा आधारभूत सेवा प्रदान गरिनेछ । केन्द्रबाट आयुर्वेद सेवा, औषधि वितरण सेवा, ज्येष्ठ नागरिक आरोग्य सेवा, स्तनपायी कार्यक्रम, पूर्वकर्म, पञ्चकर्म, योग, जीवनशैली लगायत विषयमा निःशुल्क सेवा प्रदान गरिनेछ ।

सबै नागरिकलाई स्वस्थ बनाउन गाउँगाउँमा यस्ता सेवा केन्द्र स्थापना गरिएको डा मण्डलले बताए । यसअघि आयुर्वेदका सेवा नपुगेका स्थानमा आरोग्य सेवा केन्द्र स्थापना गरिएको र नागरिकलाई रोग लागेपछि उपचार गर्नुभन्दा रोग लाग्न नदिनु नै राम्रो भएकाले यो अभियान अगाडि ल्याएको उनले बताए ।

यस्तै, घिरिङ गाउँपालिका-३ मानपुरमा स्थापना गरिएको नागरिक आरोग्य सेवा केन्द्रको बुधबार तनहुँ क्षेत्र नं. २ का प्रतिनिधिसभा सदस्य केदार सिग्देलले उद्घाटन गरेका छन् । सो अवसरमा सांसद सिग्देलले सबै नेपालीको पहुँचमा स्वास्थ्य सेवा पुर्‍याउने सरकारको लक्ष्य रहेको बताए । सोहीबमोजिम यो आरोग्य सेवा केन्द्र स्थापना भएको हो । पछिल्लो समय आयुर्वेद सेवाप्रति जनताको विश्वास बढ्दै गएको सांसद सिग्देलले बताए ।

सांसद सिग्देलले स्वास्थ्य क्षेत्रमा सरकारले ठूलो लगानी गरेको बताउँदै नागरिकले पनि सरकारी स्वास्थ्य संस्थाबाट पाउने सेवा लिनुपर्नेमा जोड दिए । घिरिङ गाउँपालिकाका अध्यक्ष रनबहादुर रानाले घिरिङमा स्थापना भएको केन्द्रबाट नागरिकले सेवा लिनुपर्ने र त्यसका लागि गाउँपालिकाले आवश्यक पहल गर्ने प्रतिवद्धता जनाए ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker