म्याग्देको अकलादेवी मन्दिरमा तोडफोड, मुर्ती समेत चोरी

राजकुमार आले

तनहुँको प्रसिद्ध धार्मिकस्थल म्याग्दे गाउँपालिका-६ स्थित अकलादेवी मन्दिरबाट देवीको मुर्ती चोरी भएको छ । पृथ्वीराजमार्गसंगै रहेको उक्त मन्दिरको गएराती अज्ञात समुहले मन्दिरको ढोकामा लगाइएको ताल्चा फोडी मुर्ती चोरेर लगेको मन्दिर विकास तथा व्यवस्थापन समितिका सचिव बसन्त थापाले जानकारी दिए ।

सचिव थापाको अनुसार मन्दिरमा रहेको गणेशको मुर्ती, शंख, घण्टी, तरबार लगायतका सामानहरु चोरी भएको छ । मन्दिरको गजुर भने सुरक्षित रहेको जनाइएको छ ।

विहान पुजारी मन्दिरमा दैनिक नित्यपुजाका लागि जाँदा मन्दिरमा मुर्ती चोरी भएको थाहा पाएका थिए । अहिले प्रहरी आएर घट्नाको विषयमा अनुसन्धान गरिरहेको थापाले बताए ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker