नेपाल निजामती कर्मचारी युनियन तनहुँको अध्यक्षमा श्रेष्ठ

दमौली : नेपाल निजामती कर्मचारी युनियन तनहुँको अध्यक्षमा राजकुमार श्रेष्ठ निर्वाचित भएका छन् । युनियनको शनिबार दमौलीमा सम्पन्न नवौं जिल्ला अधिवेशनले श्रेष्ठको अध्यक्षतामा नयाँ कार्य समिति चयन गरेको छ ।

अधिवेशनबाट युनियनको खुल्ला उपाध्यक्षमा गोविन्दप्रसाद तिवारी, महिला उपाध्यक्षमा शकुन्तला तिवारी, समावेशी उपाध्यक्षमा सुमन बोटे, सचिवमा सुभाष रेग्मी, सहसचिव युवामा तीर्थप्रसाद चापागाइ, कोषाध्यक्षमा चिजकुमार श्रेष्ठ निर्वाचित भएको निर्वाचन समितिका संयोजक डम्बरदेव हड्खलेले जानकारी दिए ।

त्यस्तै सदस्यहरु (खुल्ला)मा राजेश क्षेत्री, राजन सेढाई, गणेश न्यौपाने, सरोज मिश्र, रविन धिताल, सदस्य (श्रेणीविहिन) मा जगन्नाथ कैनी र सिर्जना तिवारी, महिला रोशनी पन्त, शर्मिला जमरकट्टेल, समावेशी सदस्यहरुमा राममाया रम्तेल, रिमा थापा चयन भएका छन् ।

त्यस्तै केन्द्रीय महाधिवेशन प्रतिनिधिमा राधा आचार्य, नारायणप्रसाद अधिकारी, इन्द्रप्रसाद खनाल, हरिप्रसाद लामिछाने, सूर्यबहादुर थापा, भिमप्रसाद सुवेदी चयन भएका छन् ।

प्रदेश प्रतिनिधिमा लक्ष्मी सिग्देल, कृष्णबहादुर कार्की, अनन्त रेग्मी, कृष्णबहादुर राना, भीमबहादुर जिसी र नवराज पण्डित चयन भएका छन् ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker