मिडिया एक्शन नेपालको नयाँ कार्यसमिति, गण्डकीमा आचार्य

  • भञ्ज्याङ समाचारदाता (काठमाडौं)

अभिव्यक्ति स्वतन्त्रता, मिडिया विकास, सूचना तथा सञ्चार क्षेत्रमा कार्यरत संस्था मिडिया एक्शन नेपालको नयाँ नेतृत्वमा आगामी चार वर्षा लागि सञ्चारविज्ञ लक्ष्मणदत्त पन्त चयन भएका छन् । संस्थाको पाँचौँ वार्षिक साधारणसभा तथा दोस्रो राष्ट्रिय अधिवेशनबाट उपाध्यक्षमा प्रियङ्का झा, सचिवमा आरती शिल्पकार, कोषाध्यक्षमा दीपा केसी तथा सदस्यहरुमा यमबहादुर दुरा, गणेशप्रसाद घिमिरे र आशिष मिश्र, संयोजकमा प्रदेश १ मा नरेन्द्र ढकाल, प्रदेश २ मा हदिस खुद्दार, वाग्मतीमा मधुसूदन दवाडी, गण्डकीमा सुनिता आचार्य, लुम्बिनीमा सञ्जु पौडेल, कर्णालीमा ललित बुढा र सुदूरपश्चिममा उमाकान्त जोशी चयन भएका छन् । संस्थाको सल्लाहकारमा वरिष्ठ पत्रकार भारतदत्त कोइराला, ध्रुवहरि अधिकारी, माधव शर्मा र नेपाल प्रेस काउन्सिलका पूर्वअध्यक्ष बोर्णबहादुर कार्की छन् । सो अवसरमा आयोजित छलफलमा वरिष्ठ पत्रकार अधिकारीले सञ्चारजगत्प्रति आम नागरिकमा विश्वास जगाउन यस क्षेत्रमा देखिएका कमी कमजोरीलाई सच्याउन आवश्यक रहेको बताए । प्रेस काउन्सिल नेपालका पूर्वअध्यक्ष बोर्णबहादुर कार्कीले पत्रकारिता क्षेत्रमा पछिल्ला समयमा देखिएका विकृति र विसङ्गतिलाई सुधार्न पत्रकार स्वयं जिम्मेवारी र उत्तरदायित्व हुनुपर्ने बताए ।

काउन्सिलका प्रमुख कार्यकारी अधिकृत झबिन्द्र भुसालले आचारसंहितालाई आत्मसात् गर्दै मिडियालाई परिपक्व तुल्याउँदै लैजानुपर्नेमा अहिले मिडियाबाट भ्रामक र उत्तेजनात्मक सामग्री प्रकाशन हुँदा यस क्षेत्रप्रतिको विश्वास कमजोर भइरहेको टिप्पणी गरे । राष्ट्रिय समाचार समितिका कार्यकारी सम्पादक सूर्यचन्द्र बस्नेतले गलत सूचना प्रवाहले त्रास फैलाउने भएकाले सही र सत्यतथ्य सूचना सम्प्रेषण नै पत्रकारिताको धर्म र मर्म भएको बताए । संस्थाका नवनिर्वाचित अध्यक्ष पन्तले मिडिया एक्शन नेपालले नेपाली मिडिया स्वतन्त्र, निष्पक्ष र उत्तरदायी हुनेपर्ने म्यान्डेटसहित अघि बढेकाले सोहीबमोजिम विभिन्न छलफल, अध्ययनअनुसन्धान जस्ता कार्यक्रम गर्दै आएको बताए ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker