प्रधानमन्त्री रोजगार कार्यक्रममार्फत पदमार्ग निर्माण

तनहुँ : प्रधानमन्त्री रोजगार कार्यक्रम रोजगारी सृजनामा आधारित भएर विभिन्न आयोजना निर्माणमा सहयोग पुगेको छ । विशेषगरी हराउने अवस्थामा पुगेको चौतारा, पदमार्ग, सिँढी बाटो, नाला सरसफाइ र वडा कार्यालयमा हरियाली प्रवर्द्धनमा यस कार्यक्रमले सहज बनाएको छ ।

आर्थिक वर्ष २०८१/८२ मा यस कार्यक्रमबाट ६ चौतारी, चार पदमार्ग, दुई सिँढीबाटो निर्माण तथा सरसफाइ गरिएको व्यास नगरपालिका प्रधानमन्त्री रोजगार कार्यक्रम रोजगार सेवा केन्द्रका संयोजक सुजिता थापाले जानकारी दिनुभयो । यस वर्ष श्रमिकको सहयोगमा व्यास–६ स्थित नारेश्वर चौतारा, फूलबारी चौतारी निर्माण, व्यास–१३ स्थित बेनीकोट भञ्ज्याङ चौतारा, आसापानी चौतारी तथा व्यास–१४ स्थित ढाक्रेश्वरा समीचौतारा निर्माण गरिएको उहाँले बताउनुभयो ।

त्यसैगरी व्यास–११ स्थित ठाडोपाखा पदमार्ग, ठाडोपाखा पदमार्ग निर्माण, व्यास–१४ स्थित चिसापानी पदमार्ग र तिपिलिडिङ पदमार्ग निर्माण गरिएको छ । व्यास–९ स्थित सिम्ले ठूलो पधेँरोबाट कात्तिकेचौर हेल्थपोष्ट जाने सिँढीबाटो समेत निर्माण गरिएको संयोजक थापाले बताउनुभयो । व्यास–१३ स्थित बेनीकोट खतरा चोक सिँढीबाटो पनि निर्माण गरिएको छ ।

रु दुई लाखमा नारेश्वर चौतारा निर्माण, रु तीन लाखमा फूलबारी चौतारी निर्माण, माहेन्द्री ग्रामीण मार्गको नाला सरसफाइ र वडा कार्यालयमा हरियाली प्रवर्द्धन गरिएको छ । रु दुई लाखमा सिम्ले ठूलो पधेँरोबाट कात्तिकेचौर हेल्थपोष्ट जाने सिँढीबाटो निर्माण गरिएको छ । रु पाँच लाखमा ठाडोपाखा पदमार्ग निर्माण योजना सम्पन्न गरेको छ । रु तीन लाख ५८ हजारमा ठाडोपाखा पदमार्ग निर्माण गरेको संयोजक थापाले बताउनुभयो ।

यस्तै रु पाँच लाखमा बेनीकोट भञ्ज्याङ चौतारा जनजागृति मावि सरसफाइ र घर्ती चौतारी निर्माण, रु तीन लाखमा आसापानी चौतारी निर्माण र बेनीकोट खतरा चोक सिँढीबाटो निर्माण, रु पाँच लाखमा ढाक्रेश्वरा समीचौतारा, चिसापानी पदमार्ग र रु दुई लाखमा तिपिलिडिङ पदमार्ग निर्माण गरिएको उहाँले जानकारी दिनुभयो । रोजगारी शीर्षकबाट कार्यस्थलमा आधारित सीप क्षमता विकास तालिम र जीवनोपयोगी सीप तालिम ४० जनालाई ५० दिने तालिम प्रदान गरिएको संयोजक थापाले बताउनुभयो ।

आर्थिक वर्ष २०८०/८१ मा सिँढी बाटो, चौतारा, नाला तथा पार्क सरसफाइ, गोरेटो बाटो निर्माणकार्यका लागि कुल रु २६ लाख ७२ हजार विनियोजित बजेटमध्ये रु २४ लाख ९० हजार खर्च भएको छ । ज्यालाका आधारमा रोजगारी सृजनामा आधारित रोजगार आयोजना सञ्चालन गरिँदै आएका छन् ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker