दुलेगौंडामा आगलागी, दुई पसल पूर्ण रूपमा जलेर नष्ट

तनहुँ जिल्लाको शुक्लागण्डकी नगरपालिका–४ दुलेगौंडा भित्री बजारमा गए राति आगलागी भएको छ। लक्ष्मी पूजाको अवसरमा बालेको दियोबाट आगो सल्किँदा दुई वटा पसल जलेर पूर्ण रूपमा क्षति भएको प्रहरीले जनाएको छ।

इलाका प्रहरी कार्यालय बेलचौताराका अनुसार कात्तिक ३ गते राति करिब ८:१५ बजेतिर बद्री श्रेष्ठको तीन तले पक्की घरको भुइँ तलामा दियो बत्तीबाट आगो सल्किएको थियो। आगो फैलिँदै जाँदा घरभित्र रहेका दुई वटा सटरमा सञ्चालनमा रहेका पसलहरु पूर्ण रूपमा जलेका छन्।

जलेर नष्ट भएका पसलहरूमा घरधनी बद्री श्रेष्ठले सञ्चालन गरेको ‘बबिन फेन्सी पसल’ र दीपक परियारले सञ्चालन गरेको ‘दिपक कटिङ सुटिङ एण्ड ड्रेस हाउस’ रहेका छन्।

दमकल, प्रहरी र स्थानीयको सहयोगमा करिब ८:५० बजेतिर आगो पूर्ण रूपमा नियन्त्रणमा लिइएको इलाका प्रहरी कार्यालय बेलचौताराले जनाएको छ। घटनामा कुनै मानवीय क्षति नभएको बताइएको छ भने आगलागीबाट भएको आर्थिक क्षतिको विस्तृत विवरण अहिलेसम्म प्राप्त नभएको प्रहरीले जनाएको छ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker