तनहुँका दुई जनामा जापानिज इन्सेफलाइटिस सङ्क्रमण पुष्टि

तनहुँमा दुई जनामा जापानिज इन्सेफलाइटिस सङ्क्रमण पुष्टि भएको छ । पछिल्लो पटक आँबुखैरेनी गाउँपालिका–१ बरादी निवासी ७१ वर्षीय पुरुषमा जापानिज इन्सेफलाइटिस सङ्क्रमण पुष्टि भएको हो ।
चितवन मेडिकल कलेजमा मङ्गलबार परीक्षण गर्दा ती पुरुषमा सङ्क्रमण पुष्टि भएको प्रदेश जनस्वास्थ्य कार्यालय तनहुँका सूचना अधिकारी सुदीप कँडेलले जानकारी दिनुभयो ।
यसअघि गत भदौ १० गते भिमाद नगरपालिका–२ का ८० वर्षीय पुरुषमा जापानिज इन्सेफलाइटिस सङ्क्रमण पुष्टि भएको थियो । ती वृद्धमा जापानिज इन्सेफलाइटिस सङ्क्रमण देखिएपछि कार्यालयले रोगको सम्पर्क, परीक्षण तथा जनचेतना कार्यक्रम गरेको थियो ।
जापानिज इन्सेफलाइटिस लामखुट्टेको टोकाइबाट सर्ने र मस्तिष्कमा सङ्क्रमण हुने रोग हो । यसले सङ्क्रमितको स्नायु प्रणालीलाई अङ्भङ्ग बनाउनुका साथै बिरामीको मृत्युसमेत हुने स्वास्थ्यकर्मी बताउँछन् ।
Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker