तनहुँका दरै समुदायले भित्र्याए फूलपाती

लोपोन्मुख दरै (दराई) समुदायले सामूहिक फूलपाती भित्र्याएका छन् । यस समुदायले तीन दिनअघि गाउँभरका मृत्युवरण गरेका परिवारले सामूहिक रुपमा पितृ विसर्जन गरेपछि औँसीमा फूलपाती भित्र्याउने गर्दछन् ।

वर्षभर मृत्युवरण गरेका परिवारले पितृ विसर्जन गरेपछि पूजाआराधना, विवाह, व्रतबन्धलगायतका कार्यलाई खुल्ने गरेको नेपाल दरै उत्थान समाजका केन्द्रीय उपाध्यक्ष चीजबहादुर दरैले जानकारी दिनुभयो । उहाँका अनुसार समुदायका अग्रजको अनुसरण गर्दै आएको र पितृ विसर्जनपछि हर्षोल्लासका साथ फूलपाती भित्र्याउने गरिएको छ ।

उहाँले भन्नुभयो, “फुलो राखिसकिएपछि सहराइको गीत गाउँदै मादीसेती नदीमा लगेर सेलाउने गरिन्छ र तिहारको औँसीमा मात्रै हाम्रो समुदायको टीकाटालोलगायत धार्मिक तथा सांस्कृतिक कार्यका लागि खुल्छ ।” तिहारे औँसीमा मात्रै हामीले फूलपाती भित्र्याउने गरेको उपाध्यक्ष दरैले बताउनुभयो । फूलपाती सङ्कलन गर्दै गाउँ परिक्रमा गरी सामुदायिक भवनमा जम्मा भएर पूजा गरी फूलपाती टीकासहित सबैलाई दिइने प्रचलन रहेको छ ।

पितृलाई सेलाइएपछि यस समुदायमा सामूहिक रुपमा बरखी फुकाउने र टीकाटालो, मन्दिर जान, विवाहका लागि खुला हुने दरै समाज तनहुँका अध्यक्ष ठाकुरबहादुर दरैले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “अन्य समुदायले बडादसैँमा फूलपाती भित्र्याउने प्रचलन छभने हाम्रो समुदायमा तिहारमा फूलपाती भित्र्याइन्छ, पितृको विसर्जन बिना हामीले फूलपाती भित्र्याउँदैनौँ, यो परम्परा अन्य समुदायको भन्दा फरक रहेको छ ।”

पितृ विसर्जन गरेका परिवारलाई गाउँभरका सबैले टीकाटालो गरेपछि पूजा गरिएका फूलपाती घर लैजान दिने गरिन्छ । दिइएको फूलपाती घरमा पूजा गर्ने स्थानमा राखे धनधान्य तथा घरमा लक्ष्मीको बास हुनुका साथै सुख, शान्ति तथा समृद्धि हुने विश्वास रहिआएको उहाँले बताउनुभयो । यो परम्परा हालसम्म तनहुँ र चितवनमा मनाउने गरिएको छ भने अन्यत्र स्थानमा बसोबास गर्ने यो समुदाय बसाइँसराइले संस्कृति हराएको समेत उहाँले बताउनुभयो ।

जनगणना २०७८ को तथ्याङ्कअनुसार करिब २० हजार जनसङ्ख्या रहेको दरै समुदायको तनहुँ, चितवन, गोरखा, धादिङ, नवलपुरका साथै देशभरमा जम्मा १३ जिल्लामा दरै जातिको बसोबास रहेको छ । भाषा र संस्कार तनहुँ र चितवनमा गर्ने गरिएको छ भने अन्य जिल्लामा भाषा र संस्कार लोप भएको अवस्था रहेको अग्रज बताउँछन् ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker