विविध कार्यक्रम गरी तनहुँमा गणतन्त्र दिवस मनाइयो

भञ्ज्याङ समाचारदाता/तनहुँ

गणतन्त्र दिवसको अवसरमा तनहुँमा विविध कार्यक्रम गरिएको छ । दिवसका अवसरमा जिल्लाको १० वटै पालिका तथा अन्य निकायहरुले सरसफाई, स्वास्थ्य शिविर तथा विरामीहरुलाई फलफूल वितरण लगायतका कार्यक्रम गरिएको छ ।
दमौलीमा सोमबार सरसफाई तथा स्वास्थ्य शिविर आयोजना गरिएको छ । जिल्ला प्रशासन कार्यालय तनहुँको आयोजना तथा व्यास नगरपालिका, स्वास्थ्य कार्यालयको संयोजनमा सरसफाई तथा स्वास्थ्य शिविर गरिएको हो । सरसफाईमा जनप्रतिनिधि, कर्मचारी, सेना, प्रहरीको सहभागिता रहेको थियो ।
यस्तै स्वास्थ्य शिविरमा दुइ सय लाभान्वित भएका छन् । स्वास्थ्य कार्यालयको संयोजनमा भएको शिविरमा दुइ सय सर्वसाधारणले सेवा लिएको स्वास्थ्य कार्यालय तनहुँका प्रमुख शंकरबाबु अधिकारीले बताए । शिविरमा मधुमेह परीक्षण र उच्च रक्तचापको परीक्षण गरिएको थियो ।
त्यस्तै, बन्दिपुर गाउँपालिकाले बन्दिपुर बजार तथा टुडिखेल लगायतक क्षेत्रमा सरसफाई गरिएको थियो । गाउँपालिकाका अध्यक्ष सुरेन्द्र पाण्डे सहित गाउँपालिकाका कर्मचारी, प्रहरी, स्थानीय बासिन्दाहरुको सहभागितामा सरसफाई गरिएको थियो । तीन दिनसम्म विविध कार्यक्रमको आयोजना गरी तनहुँमा गणतन्त्र दिवस मनाउने कार्यक्रम तय गरिएको छ ।
दिवसको अवसरमा १४, १५ र १६ गते सबै सरकारी तथा गैरसरकारी संस्थामा दिपावली, विद्यालयस्तरीय निबन्ध प्रतियोगिता, आदिकवि भानुभक्त क्याम्पसमा रक्तदान कार्यक्रम आयोजना गरिएको प्रमुख जिल्ला अधिकारी छविलाल रिजालले जानकारी गराए ।
Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker