अदुवाले मूल्य नपाएपछि किसान चिन्तित

सानेबहादुर नेपाली/तनहुँ

जिल्लाको घिरिङ गाउँपालिका-२ चिन्नेखोला निवासी दुलबहादुर थापा शारीरिकरुपले कमजोर हुनुहुन्छ । जन्मिएपछि करिब पाँच/छ वर्षको उमेरदेखि उहाँका हात खुट्टा राम्रोसँग चल्न सक्दैनन् । शारीरिक अपाङ्गता भए पनि सपाङ्गभन्दा कमी हुनुहुँदैन भन्ने आत्मबलका साथ गत वर्षदेखि अदुवाखेतीमा थापा क्रियाशील हुनुहुन्छ ।

गण्डकी प्रदेशको आर्थिक सहयोगमा अपाङ्गता भएका व्यक्तिको लागि अधिकार विकासको लागि स्रोत केन्द्र (रिसेड) मार्फत रु पाँच हजार अनुदान पाएपछि थापाले अदुवाखेती गर्नुभएको हो ।

करिब चार रोपनी क्षेत्रफलमा अदुवा लगाउँदा झण्डै ४०० क्विन्टल अदुवा उत्पादन भएको किसान थापा बताउनुहुन्छ । वैशाखमा करिब ३०० किलोग्राम बीउ अदुवा लगाएर पुसमा खन्दा उक्त परिमाणमा अदुवा उत्पादन भएको उहाँले बताउनुभयो ।

दुइ महिना अदुवा खन्नैमा बितेको उहाँको भनाइ छ । “तर अदुवा अत्यन्तै न्यून मूल्यमा बिक्री गर्नुपर्ने अवस्था आएपछि चिन्ता थपिएको छ ।” अदुवा उत्पादन भएअनुरुप बजार मूल्य भैदिएको भए राम्रो आम्दानी गर्न सकिने उहाँको भनाइ छ ।

अदुवा प्रतिकिलो रु तीसमा बिक्री गर्नुपर्ने बाध्यता आएपछि त्यस क्षेत्रका करिब १५ घरका अदुवा किसान मर्कामा परेका छन् । सस्तो मूल्यमा बिक्री गर्नुपर्ने अवस्था आएपछि त्यस क्षेत्रका किसान यतिबेला सुठो बनाउन व्यस्त छन् ।

थापाले उक्त गाउँमा अदुवाखेती गर्न थालेपछि सो क्षेत्रका अन्य मानिस पनि सो खेतीतर्फ आकर्षित भएका थिए । त्यस क्षेत्रका करिब १५ घरधुरी कम्तीमा ३०० देखि ९०० किलोग्रामसम्म अदुवा उत्पादन गर्दै आएका छन् ।

सुठो बनाइएपछि लामो समयसम्म नब्रि्रने र मूल्य राम्रै पाउने भएपछि उनीहरू अदुवा बिक्री गर्नुको साटो सुठो बनाउन व्यस्त हुन्छन् । सोही वडा निवासी नन्दवीर थापाले करिब दुइ रोपनीमा अदुवा लगाउँदा झण्डै ९०० किलोग्राम अदुवा उत्पादन भए पनि बिक्री गर्न नसक्दा चिन्तित भएको दुखेसो पोख्नुभयो ।

सुठो बनाउने आफ्नै तरिका छ । तलबाट काँचो दाउरा सल्काएर धुँवाको ताप दिएर अदुवालाई सुकाइन्छ । कम्तीमा एक हप्तासम्म निरन्तर अदुवालाई फर्काइफर्काइ सुकाइन्छ । यसरी सुकाइएको अदुवा हातले मुठी पार्दा डल्लो भयो भने सुठोको लागि लायक हुने किसान बताउँछन् ।

यसरी बनाइएको सुठोको मूल्य प्रतिकिलो रु ३०० सम्म पर्छ । एक वर्ष अदुवा लगाएको क्षेत्रमा अर्को वर्ष पनि अदुवा लगाउन नहुने अर्का किसान लालसिं राना बताउनुहुन्छ । एउटै जग्ग्ाामा लगातार अदुवाखेती गरिए किराको प्रकोप बढ्ने र उत्पादन नराम्रो हुने भएकाले एक वर्षको फरकमा अदुवाखेती गर्दा उत्तम हुने उहाँ बताउनुहुन्छ । रासस

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker