सुन्तलाले विदेशिएकालाई गाउँ फर्कायो : म्याग्देका कृषक सुन्तला खेतीतर्फ आकर्षित

भञ्ज्याङ समाचारदाता/म्याग्दे

करिब बाह्रा वर्ष वैदेशिक रोजगारीमा बसेका म्याग्दे-३ काँफलडाँडाका नरबहादुर शाही अहिले गाउँ फर्किएर व्यवसायिक सुन्तला खेतीमा रम्न थालेका छन् । ‘गाउँमै सुन्तला खेतीबाट मानग्य आम्दानी भएको थाहा पाएपछि वैदेशिक रोजागरी छाडी करिव ४ वर्षदेखि व्यवसायिक रुपमा सुन्तला खेती गर्दै आएको छु’, उनले भने, ‘विदेशको आम्दानी भन्दा यही बसेर सुन्तला बिक्रीबाट आएको आम्दानीले जित्नेरहेछ ।’ नरबहादुरकी श्रीमती कमला शाहीले गाउँमा सुन्तला खेती सुरु गरेकी थिइन् । सुन्तला बिक्रीबाट राम्रो आम्दानी हुन थालेपछि बैदेशिक रोजगारीमा रहेका श्रीमान्लाई घर बोलाएकी थिइन । करिव चार रोपनी क्षेत्रफलमा एकसय वटा सुन्तलाका विरुवा रोपण गरी अहिले वार्षिक ७ लाख रुपैयाँ भन्दा बढि आम्दानी लिन थालेको शाहीले बताए ।

सुन्तला खेतीबाट राम्रो आमदानी हुन थालेपछि रोजगारीको सिलसिलामा विदेशिएका युवाहरु गाउँ फर्कन थालेका छन् । विदेशमा पसिना बगाएर कमाएको भन्दा स्वादेशमै परिवारसंग बसेर सुन्तला खेती गर्दा राम्रो आम्दानी हुन थालेपछि तनहुँ म्याग्दे गाउँपालिकाका युवाहरु गाउँ फर्किएका छन् ।

यस्तै, म्याग्दे-३ का रमेश अधिकारीपनि बैदेशिक रोजगारीबाट फर्किएर करिव ६० रोपनी क्षेत्रफलमा सुन्तला खेती सुरु गरेका छन् । ६५० वटा सुन्तलाको विरुवा लगाएका अधिकारीले रोजगारीका लागि विभिन्न देश भौतारीनु भन्दा आप\mनै गाउँठाउँमा बाँझिएको पाखोबारीमा सुन्तला खेती गर्दा राम्रो प्रतिफल लिन सकिएको बताउँछन् ।

‘अहिले सुन्तला खेतीका कारण गाउँमै रोजगारी पनि सिर्जना भएको छ’, उनले भने, ‘सुन्तलाका बोट गोड्मेल गर्न, टिप्न लगायतका कामका लागि पनि कामदार राखेका छौं । युवाहरु बैदेशिक रोजगारीमा भौतारिनुभन्दा आफ्नै गाउँठाउँमा जे खेती हुन्छ त्यो पहिचान गरी काम गर्दा रोजगारी तथा आम्दानी गर्न सकिदो रहेछ ।’

वातावरणीय हिसावले यस क्षेत्रको हावापानी सुन्तला उत्पादनका लागि उपयुक्त भएकाले व्यवसायिक रुपमा सुन्तला खेतितर्फयुवाहरु आकर्षित भएको म्याग्दे-२ की तारा रानाभाट बताउँछिन् । ‘बाँझो भएको जग्गामा केही हुन्छ कि भन्ने आशामा मैलेपनि सुन्तला खेती गरेकी हुँ’, उनले भनिन्, ‘म पहिला भारत तिरै बस्थे, सबैले सुन्तला खेती गरेपछि म पनि गर्छु भनि गाउँ फर्किएर बाँझिएको बारीमा सुन्तला खेती गर्न थालेको छु ।’

सुन्तला खेतीका लागि आवश्यक सिंचाइको व्यवस्था नहुँदा समस्य भएको हुँदा सम्बन्धित निकायले पानीको ट्याङ्की, झार काट्ने औजार, औषधीको सहज व्यवस्थापन गराइदिए व्यवसायिक रुपमा सुन्तला खेती गर्न थप मद्दत मिल्ने रानाभाटले बताइन् ।
यस क्षेत्रमा परम्परागत रुपमा कोदो, मकैको खेती गर्दै आएका र खेतबारी बाँझो राखेका कृषकहरु अहिले सुन्तला खेतीतर्फआकर्षित भएका छन् । म्याग्देभित्र करिव ४० हजार सुन्तलाका बोटहरु छन् । म्याग्देको वडा नम्बर १, २, ३ र ४ मा मात्रै करिव २५ हजार सुन्तलाका बोटबाट कृषकहरुले हालसम्म करिव ७ करोड रुपैयाँ बराबरको सुन्तला बिक्री गरिसकेका छन् ।

सुन्तला खेतिका लागि तनहुँको वातावरण उपयुक्त रहेको हुँदा कृषकहरुको आकर्षण बढेको कृषि ज्ञान केन्द्र तनहुँका प्रमुख कुलप्रसाद तिवारीले बताए । उनले भने, ‘उत्तरतर्फ हिमालदेखिने चिसो पाखामा सुन्तलाको उत्पादन राम्रो हुनाले जिल्लाको समुन्द्री सतहबाट ७ सय मिटरदेखि १२/१५ सय मिटर उचाईका क्षेत्रफलमा सुन्तला राम्रो उत्पादन भएको छ ।’

जिल्लामा गत वर्ष ८ हजार २ सय मेटि्रकटन सुन्तला उत्पादन भएकोमा यस वर्ष १६ सय हेक्टर क्षेत्रफलबाट करिब ८ हजार ५ सय म्याटि्रकटन सुन्तला उत्पादन हुने अनुमान गरिएको केन्द्रका प्रमुख तिवारीले बताए । उनले भने, ‘सुन्तला बिक्रीबाट यस वर्ष करिव २४ करोड रुपैयाँ जिल्ला भित्रिने हाम्रो अनुमान छ ।’

जिल्लाको शुक्लागण्डकी नगरपालिकाको राइपुर, व्यास नगरपालिकाको तनहुँसुर, बेनीकोट, देवघाट गाउँपालिकाको छिपछिपे बैदी, कोटबैदी, भिमाद नगरपालिकाको भानुमती लगायतका क्षेत्रलाई सुन्तला खेतीको पकेट क्षेत्रका रुपमा विकास गरिएको छ । जिल्लामा उत्पादित सुन्तला काठमाडौंबाटै व्यापारहिरु आएर खरिद गरी लग्ने गर्दछन् ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker