कोरोना संक्रमणबाट २८ जनाको मृत्यु, ३१२२ संक्रमित

पछिल्लो २४ घण्टामा थप ३१२२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ, थप २८ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ९२९२ पीसीआर परीक्षणमा ३०३२ र ७८६ एन्टिजेन परीक्षणमा ९० जना गरी ३१२२ जनामा संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणमुक्त हुनेको संख्या ४५० रहेको छ । स्वास्थ्य मन्त्रालयको तथ्यांक अनुसार शनिबारसम्म कोरोना भाइरस संक्रमणबाट मृत्यु हुनेको संख्या ३१३६ रहेको थियो । तर आइतबारको तथ्यांकमा मृतक संख्या ३१६४ पुगेको छ ।

हाल देशभर कोरोना भाइरसको सक्रिय संक्रमित संख्या १९ हजार ३८२ पुगेको छ । जसमध्ये १७ हजार ७८८ जना होम आइसोलेसनमा र १५९४ जना संस्थागत आइसोलेसनमा रहेका छन् । आइतबारसम्म २५२ जना आईसीयूमा र ६५ जना भेन्टिलेटरमा उपचाररत छन् ।

कहाँ कति थपिए संक्रमित ?

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा १४९८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं जिल्लामा ११३२, ललितपुरमा २७० र भक्तपुरमा ९६ गरी १४९८ जनामा संक्रमण पुष्टि भएको छ ।

यस्तै बाँकेमा ३५३, ललितपुमा २७०, रुपन्देहीमा २०९, सुर्खेतमा ११८, मोरङमा ११० र कास्कीमा १०५ जनामा संक्रमण पुष्टि भएको छ । काठमाडौं उपत्यकाका तीनवटै जिल्ला, बाँके, कास्की, रूपन्देही र सुर्खेतमा सक्रिय संक्रमितको संख्या ५०० नाघिसकेको छ ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker