तनहुँको भिमादमा ‘क्लोथिङ डोनेसन बक्स’ स्थापना

भिमाद : तनहुँको भिमाद नगरपालिकामा कपडा संकलन तथा पुनःप्रयोग गर्ने उद्देश्यले ‘क्लोथिङ डोनेसन बक्स’ स्थापना गरिएको छ। कोलोथ एण्ड फुड बैंक नेपालको ‘न्यानो माया अभियान’ अन्तर्गत नगरपालिकाको आर्थिक तथा प्राविधिक सहकार्यमा उक्त कार्यक्रम सुरु गरिएको हो ।

नगरपालिकाको रु २ लाख २५ हजार आर्थिक सहयोग तथा कोलोथ एण्ड फुड बैंक नेपालको प्राविधिक सहयोगमा स्थापना गरिएको बक्समार्फत प्रयोगयोग्य कपडा संकलन गरिनेछ। संकलित कपडालाई आवश्यकअनुसार सरसफाइ, मर्मत र पुनःप्रशोधन गरी पुनः प्रयोगमा ल्याइने र आवश्यक परेमा नयाँ कपडा समेत व्यवस्थापन गरी लक्षित वर्गलाई वितरण गरिने नगरप्रमुख दधिराज सुवेदीले जानकारी दिए ।

नगरप्रमुख सुवेदीको अध्यक्षतामा आयोजित कार्यक्रममा कोलोथ एण्ड फुड बैंक नेपालका अध्यक्ष कमल जी.सी.ले कपडा बैंकको उद्देश्य, कार्यप्रणाली तथा सामाजिक महत्त्वबारे जानकारी गराएका थिए ।

नगरप्रमुख सुवेदीले डोनेसन बक्समा कपडा राखी अभियानको शुभारम्भ गरेका थिए । कार्यक्रममा सहभागीहरूले समेत कपडा दान गर्दै अभियानप्रति समर्थन जनाएका थिए।

मानवीय तथा परोपकारी भावनाले सञ्चालन गरिएको उक्त अभियानमा नगरपालिकाले नगरवासीलाई सक्नेले कपडा दान गर्न र नसक्नेले पुनःप्रशोधित कपडा प्रयोग गरी दिगो उपभोगमा योगदान दिन आग्रह गरेको छ ।

 

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker