१६० घण्टे बारिष्टा तालिमसंगै रोजगार सुनिश्चितताका लागि समझदारीपत्रमा हस्ताक्षर

बन्दीपुर : युवाहरूको माग तथा वर्तमान श्रम बजारको आवश्यकतालाई मध्यनजर गर्दै सञ्चालन गरिएको १६० घण्टे बारिष्टा तालिम सफलतापूर्वक सम्पन्न भएको छ।

तालिम समापन कार्यक्रममा सहभागी युवाहरूले कफी तयारी, ग्राहक सेवा, आतिथ्य व्यवस्थापन तथा क्याफे सञ्चालनसम्बन्धी व्यावसायिक ज्ञान र सीप हासिल गरेको जानकारी दिइयो। तालिमले युवाहरूलाई रोजगार बजारमा प्रतिस्पर्धी बनाउन तथा स्वरोजगारतर्फ अग्रसर गराउन महत्वपूर्ण भूमिका खेलेको आयोजकको विश्वास छ।

तालिमपश्चात सहभागीहरूको रोजगारी सुनिश्चित गर्ने उद्देश्यले विभिन्न रोजगारदाता संस्थाहरूसँग समझदारीपत्रमा हस्ताक्षरसमेत गरिएको छ। यसले तालिमप्राप्त युवाहरूलाई सीपसँगै रोजगारीको अवसर प्राप्त गर्न सहज हुने अपेक्षा गरिएको छ।

कार्यक्रममा बन्दीपुर गाउँपालिका अध्यक्ष सुरेन्द्र थापाले युवाहरूलाई सीपमूलक शिक्षासँग जोड्दै स्वदेशमै रोजगारीका अवसर सिर्जना गर्न यस्ता तालिमहरू प्रभावकारी हुने बताएका थिए।

कार्यक्रमका वक्ताहरूले दक्ष र आत्मनिर्भर युवा जनशक्ति उत्पादनमार्फत देशको आर्थिक तथा सामाजिक विकासमा टेवा पुग्ने विश्वास व्यक्त गरे।

तालिममा सहभागी युवाहरूले प्राप्त ज्ञान तथा सीपलाई व्यवहारमा उतार्दै आतिथ्य तथा सेवा क्षेत्रमा व्यावसायिक करियर निर्माण गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

आयोजक संस्थाले आगामी दिनमा पनि बजारको मागअनुसारका सीपमूलक तथा रोजगारमुखी तालिम कार्यक्रम सञ्चालन गर्दै युवाहरूलाई उत्पादनशील क्षेत्रमा जोड्ने योजना रहेको जनाएको छ।

“सीप सिकौँ, स्वदेशमै रोजगारी सिर्जना गरौँ” भन्ने नारासहित सम्पन्न उक्त कार्यक्रमले युवाहरूलाई सम्मानजनक रोजगारी तथा आत्मनिर्भरताको मार्गमा अघि बढाउन महत्वपूर्ण योगदान पुर्‍याउने अपेक्षा गरिएको छ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker