भलाई कोषमार्फत संघका सदस्यलाई आर्थिक सहयोग
भञ्ज्याङ समाचारदाता/दमौली

तनहुँ उद्योग वाणिज्य संघले भलाई कोषमार्फत आर्थिक सहयोग उपलब्ध गराएको छ । संघमा आवद्ध म्याग्दे गाउँपालिकाको थर्पुका दुइ सदस्यलाई जनही एक लाख २५ हजार रुपैयाँ सहयोग गरेको हो । गत वर्षस्थापित व्यवसायी भलाई कोषमार्फत रकम प्रदान गरिएको संघका अध्यक्ष पविन्द्रकुमार श्रेष्ठले बताए । उनले थर्पु बजार इकाईका सदस्य स्व. यज्ञनारायण श्रेष्ठ तथा स्व. राजन कायस्थको घरमा पुगेर उनका परिवारलाई उक्त रकम हस्तान्तरण गरेका थिए।
यज्ञनारायणको तेह्रौं पुण्य तिथिमा पत्नी देवी तथा राजनकी पत्नी गोमालाई रकम हस्तान्तरण गरिएको संघले जनाएको छ । थर्पु बजार इकाइ सभापति भीमलाल श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा संघका प्रथम उपाध्यक्ष इमकुमार मल्ल, द्वितीय उपाध्यक्ष कुमार मल्ल, महासचिव सुबोध अधिकारी, कोषाध्यक्ष दिनेशकुमार श्रेष्ठ, महिला उद्यमी सभापति शकुन्तला श्रेष्ठ, इकाइका पूर्वसभापति रामकुमार मल्ल, उपसभापति शेषकान्त घिमिरे, सचिव सुन्दरमणि अधिकारी सहभागि भएको बताइएको छ । संघका प्रथम उपाध्यक्ष इमकुमार मल्लले अप्ठेरो परेका बेला सघाउन स्थापित कोषबाट धेरै व्यवसायी लाभान्वित भएको भन्दै यसमा आवद्ध हुन सबैलाई आग्रह गरेका छन् ।










