साँस्कृतिक नृत्यको तयारीमा विद्यार्थी

तनहुँको शुक्लागण्डकी नगरपालिका–४ दुलेगौंडास्थित पञ्चमुनिदेव माध्यमिक विद्यालयको ५५औं वार्षिकोत्सव तथा अभिभावक दिवसका अवसरमा आइतबार आयोजित साँस्कृतिक कार्यक्रममा जातीय पहिचान झल्कने भेषभूषामा सजिएर नृत्यको तयारी गर्दै छात्राहरु ।
विद्यालयले आज सोमबार विशेष कार्यक्रमका बीच वार्षिकोत्सव मनाउने तयारी गरेको छ । तस्विर : भञ्ज्याङ