सडक स्तरोन्नतिका लागि श्रमदान

तनहुँको आँबुखैरेनी गाउँपालिकाको वडा नं. १, २ र ६ जोड्ने गिराउनचौर–गाउँकोट–हिलेखर्क सडक स्तरोन्नतिका लागि श्रमदान गर्दै स्थानीय उपभोक्ताहरु । वर्षायाममा हिलो र खराव अवस्थामा रहने सडक सुधार गरी सहज आवागमन सुनिश्चित गर्ने उद्देश्यले स्थानीयवासी, जनप्रतिनिधि र अन्य सरोकारवालाहरूको सहकार्यमा श्रमदान अभियान थालिएको हो ।

सडक स्तरोन्नति पश्चात वर्षायाममा गाउँहरू बीचको यातायात सुविधा सहज हुने, कृषिजन्य उत्पादन बजारमा पुर्याउन मद्दत पुग्ने र सामाजिक तथा आर्थिक गतिविधिमा सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको छ । गाउँपालिकाको प्राविधिक सहयोगमा र जनश्रमको आधारमा अगाडि बढाइएको यो अभियानलाई दीर्घकालीन रुपमा व्यवस्थित ढंगले निरन्तरता दिने योजना गाउँपालिकाले बनाएको छ ।

तस्विर : भञ्ज्याङ










