चोरी गरेको अभियोगमा भिमादबाट एक युवक पक्राउ
भञ्ज्याङन्यूज
तनहुँको भिमाद नगरपालिका-९ मोहोरियाटार स्थित एक घरमा चोरी गरेको अभियोगमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ ।
प्रहरीले सोही ठाउँका १९ वर्षीय जीवन थापा रहेको प्रहरीले जनाएको छ ।
असोज १० गते मोहोरियाटारस्थित यामबहादुर थापाको घरमा कोही नभएको मौका छोपी नगद ६० हजार रुपैयाँ र एक थान मोवाइल चोरी गरेको घटनामा थापालाई पक्राउ गरिएको प्रहरी नायब उपरिक्षक मोहनबहादुर खाँणले जानकारी दिए ।
नगद र मोवाइल सहित पक्राउ परेका निजलाई तनहुँ जिल्ला अदालतबाट ६ दिनको म्याद थप गरी अनुसन्धान अगाडि बढाइएको छ ।











