रोट्रयाक्ट क्लव अफ भानुद्वारा शैक्षिक सामाग्री वितरण

भञ्ज्याङ समाचारदाता/भानु

रोट्रयाक्ट क्लव अफ भानुले भानु नगरपालिका वडा नं. १३ स्थित नेपाल इस्लामिक हनफिया मदर्शा प्राथमिक विद्यालयका बालबालिकालाई शैक्षिक सामग्री वितरण गरेको छ । विद्यालयका १६ जना विद्यार्थीलाई कापी, कलम, इरेजर लगायतका शैक्षिक सामाग्री सहयोग गरेको क्लबले जनाएको छ ।

कार्यक्रममा भानु नगरपालिकाका प्रमुख आनन्दराज त्रिपाठीले बालबालिकाको पठनपाठनमा सहयोग पुर्‍याउने उद्देश्यले क्लबले सहयोग गरेको प्रति आभार व्यक्त गर्दै समाज परिवर्तनका लागि अझै उत्कृष्ट कार्यक्रम गर्न अनुरोध गरे ।

क्लबका अध्यक्ष राजिब राउत अध्यक्षतामा आयोजित कार्यक्रममा भानु-१३ का वडाध्यक्ष कृष्णबहादुर अधिकारी, क्लबका पूर्व अध्यक्ष अबिन परियार, स्थानीय महमद खालिद मियाँ, विद्यालयकी प्रधानाक्यापक सिमा रानी मियाँ लगायतले आ-आफ्ना विचार व्यक्त गरेका थिए ।

रोट्रयाक्ट क्लव अफ भानुले नगर क्षेत्रमा विभिन्न सामाजिक काम गर्दै आएको छ । स्थापनाको छोटो समयमा नै क्लबले भानु क्षेत्रको शिक्षा, स्वास्थ्य, सरसफाईका साथै युवाहरुमा नेतृत्व बिकास लगायतका क्षेत्रमा काम गरेको बताइएको छ ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker