दमौलीको आदिकवि क्याम्पसमा आइसिटि बुट क्याम्प शुरु

भञ्ज्याङ समाचारदाता/दमौली

तनहुँको दमौली स्थित आदिकवि भानुभक्त क्याम्पसले आईसिटि बुट क्याम्प शुरु गरेको छ । क्याम्पसले सूचना तथा सञ्चार प्रविधि कार्यक्रममा अध्ययनरत विद्यार्थीहरूको लागि ६ दिने उक्त कार्यक्रम सञ्चालन गरेको हो ।

क्याम्पको शिक्षा संकायका डिन प्रा.डा. चित्र बहादुर बुढाथोकीले उद्घाटन गर्दै क्याम्पसले विद्यार्थीहरुलाई सृजनशील हुन, आलोचनात्मक सोच राख्न, सिकाइमा सहकार्य गर्न र प्रभावकारी सञ्चार गर्न सिकाउन अत्यान्त जरुरी रहेको बताए ।

‘अभ्यास गरेर प्राप्त ज्ञान दिगो हुन्छ’, उनले भने, ‘कम्प्युटरको ज्ञान र त्यस सम्वन्धी सिप सिकाउन स्नातक तहमा बिआइसिटिइ कार्यक्रम पढाइ हुने क्याम्पसमा आयोजित आइसिटि बुट क्याम्प नेपालमै नमुना हो ।’

कार्यक्रममा क्याम्पस सञ्चालक समितिका अध्यक्ष बुद्धिमान श्रेष्ठले अभ्यास गर्दै सिक्न सक्ने विद्यार्थी मैत्री पुर्वाधार र बातावरण क्याम्पसले बनाउने प्रतिवद्धता जनाए । क्याम्प उद्घाटन समारोहमा समितिका सदस्य मोहन गिरी, क्याम्पस प्रमुख महाप्रसाद हड्खले, सहायक क्याम्पस प्रमुखहरु डा. रामकुमार अधिकारी र सागर पौडेल, विज्ञान तथा प्रविधि विभागका प्रमुख राजन घिमिरे, विआईसिटि कार्यक्रम संयोजक शुलभ कुमार श्रेष्ठ लगायतले कार्यक्रमको महत्वका विषयमा चर्चा गरेका थिए ।

क्याम्प उद्घाटन सत्रमा विआइसिटिइ कार्यक्रममा अध्यापन गर्ने प्राध्यापक लगायत क्याम्पसका प्राध्यापकहरु, इएमआइएस अफिसर अनमोल प्रधान लगायतका कर्मचारिहरु र विआइसिटिइ कार्यक्रममा अध्यान गर्ने सम्पूर्ण सेमेस्टरका विद्यार्थीहरुको उपस्थिति एविआइटि क्लवका उपाध्यक्ष विशाल श्रेष्ठले जानकारी गराए ।

बुट क्याम्प दुइ चरणमा विभाजन गरिएको छ । पहिलो चरणमा हार्डवेयर सम्बन्धी व्यवहारिक ज्ञान सिकाइने छ भने दोस्रो चरणमा बेभ डिजाइन सम्बन्धी व्यवहारिक ज्ञान सिकाइने भएको छ । क्याम्पमा कम्पुटर एसोसिएसन नेपाल तनहुँले आर्थिक, भौतिक र प्राविधिक सहयोग गरेको क्लवका सचिव विजय आलेले जानकारी गराए ।

क्याम्पमा प्रथम, दोश्रो, तेश्रो र पाँचौ सेमेस्टरको ६० जना विधार्थीहरुको सहभागिता रहेको छ । प्रथम दिन विकल श्रेष्ठ, आशिक श्रेष्ठ, रोशन सुनार र शिव मिजारले हार्डवेयरको प्रशिक्षण दिएका छन् । सहभागी र प्रशिक्षिकहरुलाई कक्षा १२ मा होटल म्यानेजमेन्ट अध्यानरत विद्यार्थीहरुले होटल म्यानेजमेन्ट प्रयोगशालाको भान्सामा खाजा तयार गरी खुवाएका थिए ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker