सबैको लघुबित्त बित्तीय संस्थाद्वारा डुम्रे प्रहरीलाई स्वास्थ्य सामाग्री वितरण
भञ्ज्याङ न्यूज

तनहुँको बन्दिपुर-१ डुम्रेमा केन्द्रीय कार्यालय रहेको सबैको लघुबित्त बित्तीय संस्थाले डुम्रे प्रहरीलाई स्वास्थ्य सामाग्री वितरण गरेको छ ।
विश्वव्यापी महामारीको रुपमा फैलिरहेको दोस्रो लहरको कोरोना भाईरस (कोभिड-१९) विरुद्ध प्रतिकार्यका लागि अग्रपंतिमा रहेर शान्ति सुरक्षाका लागि खटिने नेपाल प्रहरीलाई संस्थाले समाजिक उत्तरदायित्व वहन गर्दै स्वास्थ्य सामाग्रि उपलब्ध गराएको संस्थाका प्रमुख कार्यकारी अधिकृत केशव कुमार पौडेलले बताए ।
उनले इलाका प्रहरी कार्यालय भानु मुकाम डुम्रेका प्रहरी नायव निरीक्षक विरेन्द्र कुमार खड्कालाई टचलेस सेनिटाइजर, डिस्पेन्सेर मेसिन १ थान, सेनिटाइजर ५ लिटर र १५० थान मास्क हस्तान्तरण गरेका थिए ।










